मोबाइल फोन भिज्यो? चिन्ता नगर्नुहोस, मात्र अपनाउनुहोस इ तरिका - merodesh
Loading...
Loading...

Saturday, October 28, 2017

मोबाइल फोन भिज्यो? चिन्ता नगर्नुहोस, मात्र अपनाउनुहोस इ तरिका

कार्तिक-१२,२०७४ 

galexy
"जाडो होस् या गर्मि हिउद होस् या बर्खा,बस्दा उठ्दा कुनै पनि बेला झुक्कियर अथवा बाध्यता बस आफु सग भयको मोबाइल अथवा कुनै पनि ग्याजेट पानीमा भिज्न सक्छ। पानीले भिजेपछि ति ग्याजेट कामै नलाग्ने बन्न सक्छन। त्यसैले,यस्ता बस्तु हरुलाई पानीबाट जोगाउन समयमै कसरि साबधानी हुनु पर्छ भन्ने कुरा जान्न जरुरि हुन्छ। " 
  • भिज्न बाट जोगाउन के गर्ने.

-बर्षात को समयमा कल रिसिभ गर्नु पर्ने हुदा यसलाई बाहिर निकालेर कुरा गर्दा पनि पस्ने हुदा ब्लुटुथ अथवा इयरफोन प्रयोग गर्न सकिन्छ। बजारमा वाटर प्रुफ ब्लुटुथ र हेड्सेट पनि उपलब्ध छन्।  

-बर्षातमा आफ्नो मोबाइल सेटलाई भिजनबाट जोगाउन बिसेष प्रकारले निर्माण गरियको मोबाइल जिप खरिद गर्न सकिन्छ।

-यदि कम खर्चमै यो समस्या समाधान गर्नु छ भने सामान्य प्लास्टिक ले बनेको कभर ब्याग प्रयोग गर्न सकिन्छ। आजकल बजारमा प्लास्टिक बाट बनेका जिप प्याक बजारमा प्रसस्त उपलब्ध छन्। यस्ता प्याकमा पानीका साथै अन्य कुनै तरल पदार्थ पबेस गर्न पाउदैन। 

-आफु पानीमा भिजि रहेकोबेला फोन रिसिभ गर्नु भन्दा कल काटेर पछि कल ब्याक गर्ने वा डिफल्ट फुपमै म्यासेज जाने ब्यबस्था गर्न सकिन्छ। फोन काट्दा स्वोचालित रुपमै कलरको मोबाइल मा जान्छ, जसले गर्दा पछि कल गर्न सकिन्छ अथवा फेरी पछि  उसले कल गर्न सक्छ। 

-बजारमा वाटर प्रुफ मोबाइल फोन पनि उपलब्ध छन्।  यस्ता मोबाइल सेटमा हल्काफुल्का वर्षा वा सामान्य पानि पर्दा पनि कुनै समस्या हुदैन। 

-भिजेका कारण मोबाइलमा कुनै खराबी आयो भने त्यसलाई आफै जथाभावी रूपमा बनाउने प्रयास गर्नु हुँदैन । भिजेको मोबाइलबाट कतै कल गर्नु हुदैन। त्यसो गर्दा ब्याट्रीमा सर्ट सर्किट भएर मोबाइलमै खराबी आउन सक्छ। 


  • फोन भिज्यो भने के गर्ने.. 

झुक्कियर पनि पसिहालेको खण्डमा, महँगो मोबाइल फोनलाई त्यत्तिकै खेर फाल्नु पनि सकिदैन । यस्तो अवस्थामा निम्न उपाय अपनाउन सकिन्छ।

-सुरक्षाका विभिन्न उपाय अपनाउँदा पनि मोबाइल फोनमा पानी पसिहाल्यो भने पनि चिन्तित भैहाल्नु भने पर्दैन । सबैभन्दा पहिले फोनको ब्याट्री निकालेर सुकाउनु पर्छ । 

-मोबाइल फोनलाई सफा सुती कपडाले राम्रोसँग पुछ्नुपर्छ 

-मोबाइल फोनलाई तुरुन्तै अन गर्नु हुँदैन ।नसुक्दासम्म त्यसलाई अन नगर्नु नै राम्रो हुन्छ ।

-पानी राम्रोसँग पुछेपछि त्यसलाई चामलको बोरामा करिब ८/९ घण्टा राख्नुपर्छ। यसो गर्दा सबै पानी सोसिन्छ।  र फोन चल्न सक्छ। 
  •  पानीले भिजि हाले के गर्नु हुदैन.
-मोबाइल फोनलाई घाममा सुकाउनु हुँदैन । यदि घाममै राख्नुपरे कुनै कपडाले छोपेर राख्नु उपयुक्त हुन्छ । फोनमा घामको सिधा असर पर्न दिनु हुँदैन । ब्याट्रीलाई पनि सीधै घाममा राख्ने वा हेयर ड्रायरले सुकाउने काम गर्नु हुँदैन । 

-कसै-कसैले मोबाइल फोन सुकाउन हेयर ड्रायर प्रयोग गर्छन्, तर यो उपाय कुनै पनि हालतमा अवलम्बन गर्नु हुँदैन । फोनमा धेरै हल्का र नाजुक खालका कम्पोनेन्ट प्रयोग गरिएको हुन्छ । ती कम्पोनेन्ट गर्मी वा आगोका कारण खराब हुन सक्छन् । फलस्वरूप फोनमा थप समास्या सिर्जना हुन सक्छ। 

-मोबाइल फोन सुकेपछि पनि तुरुन्तै प्रयोगमा ल्याउनु हुँदैन।केही समय त्यत्तिकै राख्नुपर्छ र यसलाई चार्जमा पनि राख्नु हुँदैन । ब्याट्री अझै पनि भिजेको हुन सक्छ,जसका कारण सर्ट सर्किट हुन सक्छ । त्यसैले कमसेकम २ घण्टापश्चात् मात्र फोन प्रयोग गर्नु राम्रो हुन्छ। 

-यी सबै कार्य गर्दा पनि मोबाइल फोन अन भएन भने कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा देखाउनु उचित हुन्छ। आफैं सेट खोल्ने प्रयास नगर्नु होला। आफैं खोल्ने थाल्यो भने मोबाइलमा झनै समस्या हुन सक्छ। साथै यदि वारेन्टीको अवधि बाँकी छ भने त्यो सुविधाबाट समेत वञ्चित हुनुपर्ने हुनसक्छ । 

merodeshn.com

No comments:

Loading...
loading...