स्पेनद्वारा 'स्वतन्त्र' घोषणा /क्याटलोनिया माथि प्रत्यक्ष शासन - merodesh
Loading...
Loading...

Saturday, October 28, 2017

स्पेनद्वारा 'स्वतन्त्र' घोषणा /क्याटलोनिया माथि प्रत्यक्ष शासन

कार्तिक-१२,२०७४
"स्पेनद्वारा 'स्वतन्त्र' घोषणा /क्याटलोनिया माथि प्रत्यक्ष शासन"
   

        स्पेनी नागरिकले म्याड्रिडमा स्पेनको एकताका पक्षमा प्रदर्शन गरिरहँदा आएको सरकारको क्याटलोनियामाथि प्रत्यक्ष शासन शुरु भएको औपचारिक घोषणासँगै क्याटलोनियाको विखण्डनको पक्षमा उभिएका क्षेत्रीय नेता चाल्र्स पुज्डमोन र उप-नेता अरिअल जङ्करस लगायतका केही अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ।

         म्याड्रिड: स्पेनले शनिबारदेखि लागु हुने गरी क्याटलोनियामा प्रत्यक्ष शासन शुरु गरेको छ। स्पेनले क्याटलोनियालाई दिएको स्वायत्त राज्यको अधिकार कटौति गर्दै उक्त राज्यका कार्यकारी तथा उच्च अधिकारीलाईसमेत बर्खास्त गरेको जनाएको छ। क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेपछि आफू स्वतन्त्र भएको घोषणा गरेको थियो।
            स्पेनको केन्द्र सरकारले आफ्नो स्वायत्त राज्यलाई दिएको अधिकारलाई अधिनायकवादी शासक फ्रान्सिस्को फ्रान्कोको सन् १९३९ देखि सन् १९७५ सम्मको शासनकालपछि पहिलो पटक कटाएको हो।

साभार;- अन्नपुर्ण पोस्ट

No comments:

Loading...
loading...