खरायो पालनामा उत्साहित हुदै इ युवाले गरे यस्तो निर्णय,कतारको भिसा त्यागेर स्वोदेश फर्किदै उदयपुरका हेमु भण्डारी र UAE बाट झापाली गोपाल (यस्तो छ कारण) - merodesh
Loading...
Loading...

Thursday, November 9, 2017

खरायो पालनामा उत्साहित हुदै इ युवाले गरे यस्तो निर्णय,कतारको भिसा त्यागेर स्वोदेश फर्किदै उदयपुरका हेमु भण्डारी र UAE बाट झापाली गोपाल (यस्तो छ कारण)

कार्तिक-२१ ,२०७४
"खरायो पालनमा उत्साहित हुदै इ युवाले गरे यस्तो निर्णय,कतारको भिसा त्यागेर स्वोदेश फर्किदै उदयपुरका हेमु भण्डारी र झापाली गोपाल (यस्तो छ कारण)

Screenshot_2017-11-05-19-02-42
Hemu Bhandari & Jhapali Gopal(Make the lie big, make it simple,   keep saying it and eventually they will believe  it )…
   "नेपालमा केही छैन भन्नेहरु नकारात्मक सोच लिएर परजीवी भएर अब कति दिन बाच्ने ? बस् (30 मिनेट)आँखा बन्द गरेर भित्री संन्सार लाई नियालेर हेर्दाको  पल!!! जति ठूलो "सपना" हुन्छ त्यति नै ठूलो "पीडा" हुन्छ र जति ठूलो "पीडा" हुन्छ त्यति नै ठूलो "सफलता" मिल्दैजान्छ । एउटा नेता बन्यो भने उस्ले सयौं मान्छेहरुलाइ पछी लगाएर बेरोजगार बनाइदिन्छ तर यहाँ एउटा उद्यमि बन्यो भने हजारौं लाई रोजगारी दिन्छ । त्यसैले आज श्रम गरौं मेहेनत पौरख गरेर आफ्नै देश मा  हामि उद्यमशील बन्न तिर  लागौं !!!
          आफ्नो मेहनत पसिना र ज्यानको बाजि राखि दैनिक हजारौं युवायुवतीलाई  बिदाइ गर्न बाध्य हाम्रो  देश !!! अनि हामीले झिनो उपलब्धि बाहेक खासै सपनाहरू उडाएर हावामै सिमित भएको छ। यद्यपि तेहि मेहेनत पौरख र पसिना अब आफ्नै देशमा बगाएर केही गर्ने हो भने कृषि क्रान्ति बाहेक अर्को ठुलो विकल्प छ जस्तो लाग्दैन।यो नै एउटा आशा को केन्द्रबिन्दुमा रहेको ठुलो पेशा नै हो । जुन कृषिप्रधान देश भएको कारण ले पनि:- हामिलाइ भन्न कुनै  असजिलो हुने छैन , अझ पछिल्ला  दिनहरूमा देखिएका नयाँ नौलो आधुनिक कृषि प्रविधि -आधुनिक कृषि प्रणालीले मारेको फट्कोले  प्रमाणीत भएको कुरा सर्वबितितै छ।  
बिदेशबाट फर्कदै गरेका हामी दुई युवाहरुले देखेको सपना सम्भावना (सोच ,आत्माबिस्वास ,विषय बिचार इच्छाशक्तिलाइ  आफ्नै देशमा व्यवहारमा लागू गर्नु पर्छ भन्ने  उदेश्य लिएर ,उत्साह उमंगसगै ,सकारात्मक बिचार सहित कृषि आधुनिकतामा अग्रसरता हुँदै। "
              "अब  खरायो पालन व्यबसाय बाट थोरै " पैसा मा महिनाको लाखौं आम्दानी लिन सकिने बढी  संभावना भएको पृथक ढंगबाट नयाँ खोज  अनुसन्धान बाट पत्ता लगाएर यस्को आधुनिकिकरण भावी  योजना सहित व्यापकरुपमा  बिस्तार हुँदै नेपालमा रोजगार को ठुलो अवसरको माध्यम बन्दै आएको छ । 
आज जति पनि सफल व्यक्ति हरु छन ती सफल व्यक्ति ,कुनै न कुनै Exam मा फेल भएका थिए मकै को बोट लाई नियालेर हेर्ने हो भनेनि जरा खल्बलिने गरि गोडिदिए पछि कसरी हलक्क बढेर  आउँछ हाम्रो  पनि यस्तै सोचाइ हुनुपर्छ आज  लोक सेवा को exam मा पास नै भएको भए पनि केनै हुन्थ्यो र जागिर खाइन्थ्यो अनि तलबी भएर जीवन जान्थ्यो बस यति नै हो । बास्तबमा जीवन मा केही गर्नु छ भने उन्नति प्रगति  सफल हुनुछ भने आफ्नै काम गर्नु पर्छ आफ्नै मातृभुमिमा"
Screenshot_2017-11-05-17-28-01
Rabbit

व्यबसायिकअर्गानिक खरायो पालनमा  युवायुवतिको व्यापक आकर्षण बढ्दो क्रम सगै :- 
लाखौं खर्चेर बिदेश जानेहरु को लागि यो नेपालकै लागि ठुलो आम्दानी को श्रोत हुन थालिसकेको  छ  उद्यमशील बन्ने अवसर   बेरोजगारी युवा तथा बिदेश पलायन हुन लागेका युवा हरु साथै बिदेश बाट फर्केका युवाहरुको लागि समाधानको बाटो  नै साबित हुन थालेको छ ।

.com/परापूर्वकाल देखी नै अरु खाले पशुपंक्षी झै खरायो प्रजाती मानवीय सभ्यताको अभिन्न अंगको रुपमा रही आएको मानिन्छ । रोमनहरुले यस प्रजातीलाई मनोरंजनका लागी प्रयोग गर्न जंगली खरायो समाती घरपालुवा बनाएको तथ्य भेटिन्छ । त्यहाँ बाट यस प्रजातीको जनसंख्या क्रमश् , दक्षिण युरोप,उत्तरी अफ्रिका, तथा स्पेनमा विस्तार भएको तथ्य भेटिन्छ । तथापी उन्नाईसौं शताब्दीको शुरु सम्म यस्को व्यवसायीक पालन शुरु गरिएको थिएन । तर प्रथम तथा देस्रो विश्व युद्ध ताका युद्धको विभिषिका कारण हुन गएको खाध्यन्नको अभावले भने खरायो मासु तथा यसबाट प्राप्त हुने प्राणीजन्य  उत्कृष्ट प्रोटीनको महत्व बढाएको देखिन्छ । खरायोबाट प्राप्त हुने मासुलाई भुमीगत मासु भनिने गरिंदो रहेछ ।
आजभोली यो प्रजाती, छाला सहितको रौं (फर) मासु तथा उन उत्पादनका लागी प्रयोगशालामा अनुसंधान प्रयोजन अनी सौखका लागी पालीन्छ ।खरायोको मासु अती पोषिलो, स्वादीलो, उच्च गुणस्तरका साथै पुर्ण प्रोटिन, न्यून वोसो तथा नुनीलो हुने हुँदा मुटुको रोगीका लागी प्रयोग गर्न गराउन सकिन्छ । घरबारीमा सानो स्तरमा पालीने खरायोको मासुलाई जैविक रेफ्रिजेरेशन भनिन्छ । यसको अर्थ जती वेला मासु खान मन लाग्यो काट्यो खायो । 
आखिर इच्छाशक्ति भए आफ्नो परिवार सगै  रमाउदै लाखौं खर्चेर २० -२५ हजारको लागि अर्काको देशमा जानुपर्दैन नेपाल मै लाखौं कमाउन सकिन्छ । सोच  बिचार मेहेनत जागर भए  सजिलै कमाउन सकिन्छ । यसलाई  Part time job को रूपमा पनि लिन सकिन्छ । जिन्दगीमा केही गर्नु छ भने आफ्नो काम गर्नु पर्छ आफ्नै देश मा ।
तपाईं भन्नुहुन्छ -म  दुखी छु  र केही नयाँ नौलो  गर्न सक्दिन । हामिहरु भन्छौं  हामी  नयाँ नौलो केही गर्दैनौं र त दुखी छौँ । हामी को हौं ,यो हामीलाई थाहा छ तर के हामी बन्न सक्छौं यो हामीलाई थाहा छैन । जिन्दगी भनेको आफुलाइ खोज्ने होइन ,आफैं बनाउने हो !!

खरायो को मासु नै किन ? 
-:खरायोको मासु White Organic meat हो |
:-खरायोको मासुमा प्रसस्त प्रोटिन,क्यालसियम, फसफोरस, ओमेगा-३ र फ्याटि एसिड पाइने | (Rich in protein, calcium, phosphorous, omega-3 and fatty acid)
:-Fat cholesterol, calorie कम भएको स्वस्थकर मासु (Low fat, cholesterol and less calorie)
:-Soft, tender, juicy and tasty meat.
:-Diabetes,BP heart patient,बाथ, हाड, नशा, जोर्नि, युरिक एसिड, दम रोगिका लागि लाभदायक मासु |
:-Weight reduction and light diet
:-Pregnant women(गर्भवति) Breastfeeding women(प्रसुति) को लागि |
:-Sports person, children, aged person,sick and weak person सबैको लागि उपयुक्त मासु |
सेकुवा, छोयला, म:म, भुटन चिल्लि परिकारको लागि खरायोको मासु |
:- जुन जमिनमा हामीले ले घाँस मात्रै उम्रेको देख्छौ तेही ठाउँमा कसैले जीवन बँचाउने जडिबुटी देख्छ । जुन कुरा हामी लाई अर्थहीन लाग्छ तेही कुरामा कसैले  संसार हल्लाउने आइडिया भेट्टाउँछ ।बाहिरबाट देखिने कुरा सबै सत्य हुदैनन्  (तर जुन कुरा आज हामीले खरायो पालन व्यबसाय बाट देखेका छौँ, बुझेकाछौँ  बेरोजगारी तथा युवा पलायन को समाधान) आफुुलाई भित्र बाट नियाल्न सक्ने भनेेेको आफैैले हो)आफू भित्र को आत्मबिस्वास ) आफ्नो हृदयको आवज लाई सुन्नुहोस यस्ले मात्रै तपाईंले  बुझ्ने भाषा बोल्छ।बिश्वासको अर्थ अन्धबिस्वास होइन  बिश्वासको अर्थ होकि आफू प्रति को बिश्वास आफ्नो क्षमता प्रती को बिश्वास। 

खरायो पालन किन ?
:- फोहर व्यवस्थापनको लागि खरायो(Rabbit for waste management)
:-स्वस्थकर, White organic मासुको लागि खरायो (Rabbit for White organic meat)
:-प्राङ्गगारिक मलको लागि खरायो(Rabbit for composting)
:-आय आर्जन,उद्यमशील रोजगारी तथा गरिवी न्युनिकरणको लागि खरायो(Rabbit for entrepreneurship and poverty reduction)
:-निर्यातको लागि खरायो(Rabbit for commercial production)
:-हस्तकला तथा छाला उपयोगको लागि खरायो(Rabbit for handicraft,skin,leather,fur,wool and garment fashion)
:-चल्ला बिउ माउको लागि खारायो (Rabbit for breeding)
:-एकदमै न्युन पुंजीमा माउ खरायो तथा खोर समेत खरायो उधोग सुरु गारि प्रति महिना रु २०,००० भन्दा माथि आम्दानी लिन सकिने(Rabbit for small cottage industry)
:-प्रयोगशालाको लागि खरायो(Rabbit for experiment)
:-pet तथा Therapy को लागि खरायो (rabbit for pet and stress Therapy)
:-हांस, बंगुर, माछा तथा लोकल कुखुराको प्राङ्गरिक दानाको लागि खरायो(Rabbit for organic feed for duck,pig,fish,local chicken)
:-औषधि मुलोको लागि खरायो(Rabbit for diabetes, BP, heart patient,बाथ, हाड, नशा जोर्नि, युरिक एसिड, दम)
:-सेकुवा, छायला, म:म, भुटन चिल्लि परिकरको लागि खरायो(Rabbit for BBQ, chhaila, mo:mo, bhutan fry, Chilli)
:-शहरमा पनि पाल्न सकिने गाउमा पनि पाल्न सकिने विशेष ठूलो ठाउँ आवश्यक नपर्ने
चल्ला पनि किन्न नपर्ने, दाना पनि किन्न नपर्ने 

यसको चुनौती  / बजार व्यवस्थापन  : तालिम 
आधुनिक प्रविधिको खोर बीउ माउ, जात (नश्ल)  सुधार ,भेट्नरि औषधि उपचार दाना घाँस हाइड्रोपोनिक system सम्पूर्ण सेवा सुबिधा -:  संकलन परामर्श  इत्यादि सेवा। 
हामिहरुले देखेको पहिलो चुनौतीत व्यसायिक रुपमा खरायो पालन नेपाल मा केहीबर्ष देखि हुँदै आएता पनि सिमित क्षेत्रको लागि मात्र पहुँचमा रहि व्यापक रुपमा यसको प्रचारप्रसार र मासु खानेले मासु खानै पर्ने साथै यसको उत्पादन को बारेमा पुरा रुपमा जनचेतनामूलक जागरुक हुननसक्नु । अझै सम्म पनि खरायो को मासु बिक्छ र ??? खरायोको मासु कसरी खानु ???मासु पनि अर्गानिक हुन्छ र ???भन्ने नै यसको मुख्य चुनौती हो। सामान्यतया बजार भन्नाले उत्पादित वस्तु  खपत हुनु नै बजार हो भने , खरायो को अर्गानिक मासु मासुजन्य उत्पादन, छालाजन्य उत्पादन , रौ बाट  उत्पादित बस्तु हरु को खपत सिधै  हामी मानब प्राणीमा भएको हुदा बजारिजरणको लागी  सम्भावना सोचेभन्दा पनि  ठुलो आकार मा रहेको छ!! तर अपसोच  यस्को चुनौती भनेको जोस जागर उत्साह नहुनु नकारात्मक सोच मात्र देख्नु नकारात्मक सोच हुनेहरू ले सकारात्मक कुरा लाई पनि खोट लगाउने गर्छन्  । जुन वस्तु स्वास्थ को लागि हानिकारक छ आज मानिसहरु को  ध्यानाकषिर्त त्यसमै बढी भएको देखिन्छ । 
.com/

मान्छे हरु निराश हुँदै भन्ने गर्छन् ,यार जीवन मा केही गर्न सकिएन अनि हामिले सोध्ने गर्छौं , सर हजुरले के गर्ने योजना बनाउनु भएको थियो र सक्नु भएन ? अनि उनीहरु भन्ने गर्छन् योजना त खासै थिएन, हो हामीहरु यहि चुक्यौ । कि जब जीवनमा केही गर्ने लक्ष्य नै निर्धारण गरिएको थिएन भने के गर्न सकिन भनेर दुख मनाउ गर्नु ? सपाना देख्नुहोस र  पूरा गर्ने सङ्कल्प  गर्नु पर्छ व्यबहारमा लागू गर्नु पर्छ र पैैसाकोअभावमा तपाईंको सपना कहिल्यै  मर्नै  सक्दैन। 
             आफै कृषक आफै मालिक बनाउने साथै  बिचैलिया दलाल बिहिन बजार भएको खरायो नेपाल (KG group) एक ठाउँ एक खरायो सहकारी अभियानले  खरायो संकलन केन्द्र मार्फत जिल्लाभर नै बजार व्यवस्थापन गर्दै आएको हुदा बजारको कुनै समस्या नहुने भएको छ  । बजारमा खरायो को माग सोचे भन्दापनि बढी छ उत्पादन ज्यादै न्युन अहिले हामीले जति बढी उत्पादनगर्न सक्यो त्यहि अनुसार सोचे भन्दा बढी फाइदा लिन सकिन्छ । खरायो नेपाल का अभियान्ता Founder CEO owner Rabbit Nepal / खरायो नेपालका (श्रीरामपटेल  ) सरको यो अभियान लाई साथ दिनु हुने सम्पूर्ण खरायो नेपाल का Team (KG Group) को यो अभियान मार्फत खरायो नेपाल (प्रस्तावित )पब्लिक कम्पनी  नै बिस्तार भैसकेको  हुनाले  जति उत्पादन भएपनि बजारिकरणको समस्या हुने छैन । सिधै खरायो नेपाल कम्पनी मार्फत बिक्रीवितरण जिम्मेवारीपुर्ण रूपमा सदैव रहिरहने कुरा जनाएको छ  र खरायो नेपालले  भनिरहेकै  छ बजार को जिम्मा हामी लिन्छौं     यसर्थ 
 आफै कृषक आफै मालिक बनाउने यो अभियान भनेको स्वरोजगार तथा  बिदेशी  युवा पलायन को समाधान को  लागि ठुलो रोजगार नै साबित भएको छ बिचैलिया दलाल बिहिन बजार :-

पोषण व्यवस्थापन :-
.com/
खरायोहरुले नरम नरम घाँसपात, जंगली नरम  झारपात, वगैंचाका झारपात भान्साका हरियो तरकारी सागपात, बन्दा को पात काउली को पात गाजर ,चकुन्दर, तरकारीका बोक्रा, पराल, झाडी, जडीबुटी, केराउका पात बोक्रा खाने गर्दछ । शाहाकारी जीव भएकोले यिनको खानपानको आवश्यकता सामान्य जस्तो लाग्छ तर यिनलाई यिनको स्वास्थ्य ठिक राख्न उचित धयान दिनु पर्ने हुन्छ । त्यसकालागी यिनलाई संतुलित आहारा दिनु उचित हुनेछ । 
  Hydroponics growing fodder  बिना माटो   पानीबाट उमारिएको गहु जौ मकै को बीउ इत्यादी बाट तयार गरिएको  जमरा घाँस दाना खरायो को लागि अतिनै उत्तम मानिन्छ । पोषणयुक्त  हुने भएकाले उत्पादन उच्च  वृद्धिदर  हुनुको साथै  तौल को मात्र बढी  पोसिलो स्वास्थकर अर्गानिक मासु 

हाल मासुको लागि प्रचलित खरायो को जातहरु (नश्ल) :-सेतो खरायो (white giant) :-खैरो खरायो (gray giant) :-flemish giant :-न्युजिल्यान्ड सेतो :-न्युजिल्यान्ड रातो :-क्यालिफोर्निया :-डच :-सोभियत चिलचिला

.com/खरायो प्रजनन :- खरायो ले अतिनै छिटो छिटो बच्चा जन्माउने गर्दछ एक पटक मा ५-१२ वटा सम्म जन्माउने हुँदा खरायो छिटो हुर्कने, एकै पटकमा १२ ओटासम्म बच्चा व्याउने हरेक ३० देखि ३५ दिनको फरकमा ब्याउने र हुर्केको खरायो २ किलो भन्दा माथि भएपछि बजारमा पठाउन तयार हुने भएकाले खरायो पालन प्रति सबै उमेर समुहको आकर्षण बढ्दो छ ।
खरायो को औसत आयु करिब ७ बर्स हुन्छ । उत्पादन कम समय मै बढी हुने हुँदा कम लगानीमा सोचे भन्दा बढी आम्दानी लिन सकिन्छ ।

सहकार्य र सहकारीता:-
सामान्यतया -सहकार्य र सहकारिता भन्नाले समूह बद्द भइ हरेक समस्या ,चुनौती व्यवस्थापन ,निर्णय योजना को लागि एक ढिक्का भै एक अर्कासँग हातेमालो गर्दै अघि बढ्ने भन्ने बुझिन्छ ।यसरी सामुहिक रुपमा एकअर्का सँग सहकार्य गर्दै अघि बढ्ने हो भने छ्लफल द्वारा हरेक असज परिस्थितिको सहजरूपमा समाधान (उत्तर ) प्रभावकारी ढंगबाट हुने गर्दछ । साथै साना तिना आउने समस्या र चुनौती देखि ठुला- ठुला समस्या र  चुनौती सम्म सहयोग र सहकार्य हुने हुँदा एकल जोखिम मोल्न नसक्ने हामी साना किसानहरूको लागि वरदान स्वरुप सावित हुनेछ ।वास्तबमा यहि नै मूलभुत : विशेषता बोकेको हुन्छ ।


योगदान र सम्भावना :- एक मात्र शुद्ध अर्गानिक खरायोको मासु भएको कारण ले गर्दा हाम्रो स्वास्थको दृष्टिकोणले हेर्ने हो भने हाम्रो लागि बढी नै लाभदायक मानिएको छ ।। यसको सम्भावना यो देश को लागि अतिनै आवश्यक रहेको छ ।हाल अप्रत्यक्ष रूपमा नेपालमा खरायो को छाला बाट तयार गरिएको विभिन्न सामाग्री हरु नेपाल भित्रिरहेको अवस्था मा यसलाई सरकारले मध्यनजर गर्दै ध्यानाकर्षण गरिदिए अन्तर्राष्ट्रिय स्तरमै छाला उद्योगस्थापना गरेर बिस्तार गर्न सकिनेछ । हजारौं युवायुवतीहरुको लागि रोजगारको ठुलो अवसर नै मिल्नेछ । साथै सरकार को तर्फ बाट पनि यस्ता अर्गानिक कृषिमा ध्यान केन्द्रित र सहजीकरण गरिदिए केहि हद सम्म बेरोजगार हल हुने थियो अनि यस्ता व्यक्ति हरलाई सम्मान गर्न र अनुदान सम्बन्धित कृषक सम्म पुग्न सके यसले ठुलो उधोगको रुप लिन समय नलाग्ने भन्नेकुरा दुईमत नै छैन ।




अन्त्यमा :- सम्पुर्ण चुनौती , बजार, बजारिकरण,खोर, प्रबिधी,breed ,तालिम लगाएत सबै समस्या  हरुको हल एकैठाँउ  बाट हुनेगरी खरायो नेपाल ले दिएको उत्प्रेरणा बाट ब्यबसायिक खरायो पालन मा उत्प्रेरित भएका हामीहरुलाई आशा छ  तपाई हरुलाई पनि प्रेरणा मिल्ने नै छ।
.com/
www.facebook.com/Rabbit nepal/खरायो बजार  

"जय खरायो जय किसान "
धन्यवाद !!!
भिडियोको लागि,
http://www.merodeshn.com/2017/11/blog-post_10.html

1 comment:

Binod said...

जय खरायो जय किसान

Loading...
loading...