तामांग जातिले गोरु काटेर खान पाउने नियम बनाउने :- राज्यमन्त्रि दिल मान पाख्रिन
लमजुङ,माघ ,
कानुन राज्यमन्त्री दिलमान पाख्रिनले तामाङ जातिले गोरु काटेर खान पाउनेगरी कानुनको विधेयक बनाउन लागेको दाबी गरेका छन् ।
मुलुक धर्मनिरपेक्षतामा गएपनि तामाङ समुदायले पुर्खौंदेखि उपभोग गर्दै आएको वस्तुमा बन्देज लगाइएकाले त्यसलाई कानुन बनाएरै फुकाउनुपर्ने उनको भनाइ छ।
भारतका विभिन्न स्थानमा कानुन बनाएर बाटो खुलाइएको भन्दै नेपालमा पनि कानुन बनाएर बाटो खुलाउनुपर्ने उनले बताए।
तामाङ घेदुङ संघ कार्यकारिणी समिति लमजुङको आयोजनामा शनिबार सदरमुकाम बेसीसहरमा भएको सोनाम ल्होसार कार्यक्रममा बोल्दै राज्यमन्त्री पाख्रिनले गोरु काटेर खाएकै कारण कुनैपनि तामाङ जाति थुनिनुपर्ने अवस्था आउन नदिन आफू लडिरहेको बताए।
‘भाषा, लिपि, मौलिक संस्कृतिको पहिचान, उत्पादन, निर्माण र समृद्धि हाम्रो साझा अभियान’ भन्ने मुल नाराकासाथ लमजुङका तामाङहरुले शनिबार धुमधामले सोनाम ल्होसार मनाएका छन् ।
Source:- News24

No comments:
Post a Comment