ओलीले गृहराज्य मन्त्रि मा नबराज सिलवाल लाइ बनाउने तयारी। - merodesh
Loading...
Loading...

Tuesday, February 27, 2018

ओलीले गृहराज्य मन्त्रि मा नबराज सिलवाल लाइ बनाउने तयारी।

                            ओलीले गृहराज्य मन्त्रि मा नबराज सिलवाल लाइ बनाउने तयारी। 
काठमाडौं,फागुन 
                    प्रधानमन्त्री केपी ओलीले ललितपुर–१ का सांसद एवं नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउने तयारी गरेका छन् ।

स्रोतका अनुसार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मन्त्री रामबहादुर थापा बादललाई समेत ओलीले सिलवाललाई राज्यमन्त्री बनाउन राजी गराइसेकका छन् । अर्कोपटकको मन्त्रिमण्डल विस्तारका क्रममा सिलवालले सपथ लिने सम्भावना बढी रहेको बालकोट स्रोतले बतायो । दाबेदारमध्ये सबैभन्दा वरिष्ठ भए पनि तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले प्रहरी महानिरीक्षक नबनाएको भन्दै सिलवाल अदालत गएका थिए ।

सरकारले प्रकाश अर्याललाई महानिरीक्षक नियुक्त गरेपछि दोश्रोपटक अदालत गएका सिलवाल पदबाट राजीनामा दिएर एमाले राजनीतिमा होमिए । ललितपुर–१ बाट काँग्रेस युवा नेता तथा तत्कालिन अर्थराज्यमन्त्री उदयशमशेर राणालाई पराजित गरेपछि सिलवालमाथि प्रहरी नेतृत्वले डिआईजीको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको छ ।

यद्यपि उनले आफू आफ्ना मतदाताकै बीचमा रहेको बताउँदै आएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको सत्ता बहिर्गमन र केपी ओलीको सत्तारोहणसँगै प्रहरीले सिलवाललाई देखेको नदेख्यै गर्ने रणनीति लिएको छ । सिलवाललाई पक्रन देशभरका प्रहरी इकाईहरुमा मुख्यालयले पत्राचार गरेको छ ।

यद्यपि जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले सिलवालविरुद्ध किर्ते मुद्धा चलाउन नमानेपछि अब उनीविरुद्ध कुनै औपचारिक अभियोजन छैन । सिलवाल आफ्नो निर्वचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानमा हुने पार्टीका आन्तरिक कार्यक्रममा सहभागी भइरहेका छन्।

स्रोत :- पाथिभरान्युज 

No comments:

Loading...
loading...