सात ओटै प्रदेशले पायो मुख्य मन्त्रि। को -को भएत मुख्य मन्त्रि हेर्नुहोस। - merodesh
Loading...
Loading...

Thursday, February 15, 2018

सात ओटै प्रदेशले पायो मुख्य मन्त्रि। को -को भएत मुख्य मन्त्रि हेर्नुहोस।

                              सात ओटै प्रदेशले पायो मुख्य मन्त्रि।  को -को भएत मुख्य मन्त्रि हेर्नुहोस। 
काठमाडौं,३-फागुन,
                  प्रदेश ६ र ७ मा बिहीबार मुख्यमन्त्रीहरु नियुक्त भएसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् ।

          प्रदेश १, २ र ५ मा बिहीबार नै मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ भने ४, ६ र ७ नम्बर प्रदेशमा क्याबिनेट गठन हुन बाँकी छ ।

विहीबार प्रदेश ६ र ७ मा माओवादी केन्द्रका नेताहरु महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट मुख्यमन्त्री निर्वाचित भएसँगै सबै प्रदेशले मुख्यमन्त्री पाएको हो ।

संघीयतामा प्रवेशसँगै पहिलो मुख्यमन्त्री बन्ने भाग्यमानीहरुमा शेरधन राई, लालबाबु राउत, डोरमणि पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट छन् ।

प्रदेश १ मा शेरधन राई, प्रदेश २ मा लालबाबु राउत, प्रदेश ३ मा डोरमणि पौडेल र प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री निर्वाचित भइसकेका छन् ।

प्रदेश २ का मुख्यमन्त्री संघीय समाजवादी फोरमका हुन् भने अरु ३ वटा प्रदेशका मुख्यमन्त्री एमालेबाट निर्वाचित भएका हुन् ।

स्रोत :-अनलाइन खबर 

No comments:

Loading...
loading...