१३ बर्षे एक मात्र छोरा ब्लड क्यान्सर भएपछि उपचारमा आर्थिक अभाब हुन थालेपछि आमाको हारगुहार। - merodesh
Loading...
Loading...

Saturday, February 10, 2018

१३ बर्षे एक मात्र छोरा ब्लड क्यान्सर भएपछि उपचारमा आर्थिक अभाब हुन थालेपछि आमाको हारगुहार।

"१३ बर्षे एक मात्र छोरा ब्लड क्यान्सर भएपछि उपचारमा आर्थिक अभाब हुन थालेपछि आमाको हारगुहार।"   
यौटै यो मुटुमाथि लाखौँ भयो चोट, कति प्रहार गर्छौ दैव के छ ममा खोट ?

यी माथिका हरफहरु झापा हल्दीबारी–५ अधिकारी चौककी कृष्णमाया खड्कामाथि मिल्न जाने हरफहरु मिल्न जान्छन् । उनका १ मात्र १३ वर्षे छोरा सरोज खड्का ब्लड क्यान्सरबाट पीडित भएपछि उपचारको लागि रकम अभाव भएपछि हारगुहार गरेकी छिन् । बालक सरोजको अहिले चितवनको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ।

३ वर्षअघि मात्र बाबु गुमाएका सरोजलाई गत भाद्र महिनामा क्यान्सर भएको प्रमाणित भएपछि उनका आफन्तको सहयोगमा उपचार भइरहेको छ । कमाउने बाबुको अनायसै मृत्यु भएपछि आमा कृष्णमाया खड्काले जेनतेन छोरालाई बनिबुतो गर्दै नजिकैको न्यू स्टार इङ्गलिस स्कूलमा कक्षा ७ सम्म पढाउदैं थिइन् ।
            तर पतिको सिन्दुरको चोटको पीडा भुल्न नसक्दै कृष्णमाया माथि अर्को ठूलो बज्रपात आइलागेको हो । आफ्ना ३ सन्तानहरुमध्ये भएको १ मात्र छोरो पनि प्राणघातक रोगसंग लड्नु पर्दा उनलाई दैवको चोट प्रहार भएको छ । गाउँको अति नै दुर्गम ठाँउमा खोलाकै बगर जस्तो स्थानमा बसेर जीविकोपार्जन गर्दै गरेका खड्काको पारिवारिक अवस्था समेत दयनीय छ ।

चिकित्सकहरूका अनुसार सरोजलाई ए एलए ल बी सी एल नामक ब्लड क्यान्सर भएको हो । उनको चौथो किमो उपचार पछि पहिलो मेनटेन्ट पनि सकिइसकेको छ ।

सरोजका उपचारका निम्ति हालसम्म ८ लाख बढी खर्च भइसकेको छ । तर उनलाई पूर्णरुपमा स्वास्थ्य बनाउन ३० लाख खर्च लाग्ने डाक्टरले भनेपछि आमा कृष्णमायालाई रातभरि निद्रा लाग्न छोडेको हो । कृष्णमाया गहभरि आँसु पार्दै भन्छिन् ः दुःखीलाई चोटमाथि चोट दैवले दिएका छन्, कमाउने श्रीमान पनि अघि लाग्नुभयो । यही छोराको अनुहार हेरेर जीवन बिताउने धोको छ, कृपया सबैले सहयोग गरिदिनु होला ।

शिवसताक्षी–दूधेको सृष्टि टोलमा रहेको मामाघर यामबहादुर कार्कीको घरमा उपचारपछिको रेष्ट गर्न आइपुगेका सरोज निकै भावुक छन् । उनका गहभरि आँसु थचल्किरहेको प्रष्टै देखिन्छ । उनमा बाँच्ने रहर जागेको छ । त्यसैले उनी भन्छन् ः कृपया मेरो जीवन तपाँईंहरुको हातमा छ, मलाई स्वथ्य बनाइदिनुहोस् । संगैका दौंतरी साथीहरुसंग भेटेर पढ्ने, घुम्ने, खेल्ने ठूलो धोको छ ।

पिडितका आमा कृष्णमाया खड्कालाई ९८४२६२६६०२ र मामा यामबहादुर कार्कीलाई ९८१०१४४९४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । नेपाली कांग्रेस शिवसताक्षी ११ का सभापति अशोक बस्नेतले सरोजको जीवन रक्षाका लागि आफुले सकेको रकम सहयोग गरिदिन आग्रह गरेका छन् ।



No comments:

Loading...
loading...