यस्ता बानि भयका श्रीमानका श्रीमतीहरु धेरै भाग्यमानी हुन्छन। - merodesh
Loading...
Loading...

Thursday, February 8, 2018

यस्ता बानि भयका श्रीमानका श्रीमतीहरु धेरै भाग्यमानी हुन्छन।

                   यस्ता बानि भयका श्रीमानका श्रीमतीहरु धेरै भाग्यमानी हुन्छन। 


ध्यान दिने कुरामा पनि मतलब नै नगर्ने बानी श्रीमतीहरुलाई आफ्नो श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ । तपाईंको श्रीमानमा यहाँ भएको बानीहरु छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ तर यस्ता बानीहरु जसमा छ तपाईं पनि अरु नेपाली महिलाजस्तै यस्तै हो भनेर चित्त बुझाउनुहुन्छ।

१. चिसो रुमाललाई बेडमा राख्नु:
धेरैजसो श्रीमानहरु आफू नुहाइसकेपछि त्यसलाई सुकाउनुको सट्टा बेडमा नै छोड्ने गर्दछन् । उनीहरुलाई चिसो रुमाल बेडमा राख्दा बेड चिसो हुने र रुमाल पनि बिस्तारै कालो हुँदै जाने कुरा थाहै छैन । श्रीमतीले धेरैपटक यसो नगर्न आग्रह गरेपनि उनीहरु उनको आग्रहलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन् र भन्छन, ‘यो त आफसेआफ सुकिहाल्छ नी’ ।

२. बिदामा ढिलासम्म सुत्नु र ननुहाउनु:
जब बिदा हुन्छ तब श्रीमानहरु आफ्नो बेडलाई एकछिन पनि छोड्न मान्दैनन् । धेरैजसो पुरुषहरु बिदाको बेलामा चिया, कफी, खाना, खाजा सबै बेडमा नै खान रुचाउँछन् । यदि तपाईंले उनलाई नुहाउन आग्रह गर्नुभयो भने तपाईंले उनको बिदा नै खराब गरेको सम्झनेछन् ।

३. ‘आउँदै छु’ भन्छन् तर नआउने:
खाना चिसो भयो भनेर जतिसुकै बोलाए पनि त्यो कुराको वास्तै नहुने, काँही जादा समयमा नआउने, जहाँ गयो त्यही हराउने, जस्ता कुराहरुले पनि श्रीमती रिसाउछ्न ।

४. आफ्नै सामानहरु थाहा नहुनु:
धेरैजसो पुरुषहरुलाई आफूले भनेको ठाउँमा नै सामानहरु चाहिन्छ तर आफूले राखेको सामानहरु कहाँ हुन्छ, त्यो कुरा उनीहरुलाई पत्तै हुँदैन । उनीहरुको सबै काम श्रीमतीले नै गरोस् भन्ने चाहन्छन् । आफ्नो सामानहरु उनीहरु एक्लै खोज्न सक्दै सक्दैनन् ।

५. बाथरुम भित्र नै पेपर पढ्ने, चुरोट खाने, मोवाइल चलाउने:
धेरैजसो पुरुषहरु बाथरुम भित्र बसेर पत्रिका पढ्ने र चुरोट पिउने, मोवाइल चलाउने, धेरैवेर सम्म वाथरुममा बस्ने बानीले अरुलाई समस्यामा पर्नसक्ने कुरा उनलाई मतलब नै गराखी ढिला गर्ने जस्ता कुराहरु कुन श्रीमतीलाई राम्रो लाग्ला र ?

६. रातभर घुर्ने गर्दछन् र बिहान निद्रा लागेन भनेर गुनासो गर्दछन्:
श्रीमानको घुराइका कारण धेरैजसो महिलाहरु रातभरी सुत्न पाउँदैनन् र यसको विपरित श्रीमान बिहान गुनासो गर्दछन्, ‘तिमीले मलाई सुत्न ठाउँ नै नदिएकाले रातभर सुत्न सकिनँ’ ।

७. सबै कुराहरु बेडमा नै खान्छन् र यसमा सुत्नुपर्छ भन्ने कुरा बिर्सन्छन्:
उनलाई घरमा बनाइएको खाना मनपर्दैन तर बेडमा नै टिभी हेर्दै र अफिसको काम गर्दा गर्दै खाजा खाने गर्दछन् । केहि नभनी हेर्ने हो भने, उनीहरुलाई खाना कसरी खाइन्छ भन्ने शिक्षा आवश्यक भएको देखिन्छ । जहाँ पायो त्यहि पोख्नु, जता पायो त्यतै पुछ्नु, उनीहरुलाई सामान्य लाग्छ ।


Source:.hbckhabar

No comments:

Loading...
loading...