मनोज गजुरेल सित डिभोर्श गरेकी मिना ढकाल बनिन गाइका र मोडेल। युटुबमा लाइक भन्दा डिश लाइक धेरै। भिडियो। - merodesh
Loading...
Loading...

Monday, February 19, 2018

मनोज गजुरेल सित डिभोर्श गरेकी मिना ढकाल बनिन गाइका र मोडेल। युटुबमा लाइक भन्दा डिश लाइक धेरै। भिडियो।

मनोज गजुरेल सित डिभोर्श गरेकी मिना ढकाल बनिन गाइका र मोडेल। युटुबमा लाइक भन्दा डिश लाइक धेरै।  
काठमाडौ
           हास्य कालाकार मनोज गजुरेलसँग सम्बन्धबिच्छेद गरेको केही महिनामै मीना ढकाल गायिका र मोडल बनेकी छिन्। उनले आफ्नो पहिलो गीत ‘आखाँ जुध्यो यो मनले त्यो मनलाई कस्यो,थाहै नपाई खै कसरी मीठो माया बस्यो’ बोलको गीत भिडियो सहित सार्बजनिक गरेकी छिन।
 म्युजिक भिडियोको मोडलको रुपमासमेत मीना आफैंले अभिनय गरेकी छिन्।

दिपकराज पाठकले रचना गरेको गीतमा राम कार्कीले संगीत दिएका छन्। उनको गीतलाई भने अधिकांश दर्शकले रुचाएको देखिदैन्। 'सङ्स नेपाल'ले युटयूबमा राखेको भिडियोमा लाइकभन्दा करीब ३ गुणा बढी डिसलाइक देखिन्छ। प्रतिक्रिया दिने अधिकांशले उनको गीत राम्रो नरहेको भनेका छन्।

कसैले संगीतको बेइज्ज गरेको भनेका छन् भने कसैले गलत ठाउँमा सम्पत्तिको खेर फालेको भनेका छन्। धेरैले उनको स्वर गीत गाउन लायकको नरहेको र आफ्नो क्षमता भएको क्षेत्रमा लाग्नु उपयुक्त हुने सुझाव दिएका छन्।

कतिपय दर्शकहरुले गीत गाउने रहर भए सिकेर यस क्षेत्रमा लाग्न सुझाव दिएका छन्।  प्रतिक्रियामा कसैले पहिलो प्रयास हो हौसला दिनुपर्छ भनेका छन् भने कसलैले वाह ! दिदीको स्वरमा जादू रैछ भन्दै व्यंग्यसमेत गरेका छन्।

२२ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गर्दै केही महिनाअघि मीना र मनोज गजुरेलले सम्बविच्छेद गरेका थिए। करीब एक महिना अघि उनीहरुको सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो।


सम्बन्ध बिच्छेदपछि विभिन्न सञ्चार माध्यामलाई दिएको प्रतिक्रियामा मीनाले मनोज गजुरेलसँग रहँदा आफ्ना धेरै सपना, रहरहरु ओझेलमा परे भन्ने खालका अभिव्यक्ति दिएकी थिइन्।

भिडियो हेर्नुहोस। 

No comments:

Loading...
loading...