चोमु शेर्पा "खुशी" को "गजल" - merodesh
Loading...
Loading...

Monday, February 5, 2018

चोमु शेर्पा "खुशी" को "गजल"

चोमु शेर्पा "खुशी" को "गजल"

शब्दको मान्द्रो शब्दकै डोको शब्दकै डोरी बाट्ने रै'छ
लेख्नेहरुले त शब्द भित्रनि सुन्दर शब्द छाट्ने रै'छ

मन भित्रको बेदनालाई रचनाको स्वरुप दिई
अक्षर अक्षर सित आफ्ना सन्तुष्टिहरु साट्ने रै'छ

समाज बदल्ने बिचारको धारहरु प्रवाह गरि
कुसंस्कारको जराहरु शब्दकै धारले काट्ने रै'छ

भर्खरै ज्ञाँत हुँदैछ मलाई लेखेको अक्षरहरु
नभत्किने ,नहराउने अनि फटाएर नफाट्ने रै'छ

चोमु शेर्पा "खुशी"
दमक,झापा
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

No comments:

Loading...
loading...