जनताको बहुदलीय जनवाद र माओवादलाइ गौंड राख्दै।एमाले माओबादी पार्टी एकताको आधार ७ बुदे सहमतिमा हस्ताक्षर।
काठमाडौं-फागुन,
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन्भ,ने माओवादी तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्।
एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ ।
साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको सातबुँदेमा उल्लेख गरिएको छ ।
अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गर्ने दुर्इ दलले बताएका छन् ।
चर, पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुख लगायत पद बाँडफाँटबारे सहमतिपत्रमा केही उल्लेख छैन ।
स्रोतका अनुसार दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने भद्र सहमति भएको छ ।
साथै आलोपालो प्रधानमन्त्री हुने सहमति पनि सहमतिपत्रमा उल्लेख छैन ।
बैठकपछि आलोपालो प्रधानमन्त्री हुने हो भन्ने प्रश्नमा माओवादी अध्यक्ष प्रचण्डले केपी ओली भइसक्नुभयो भन्ने कूटनीतिक जवाफ दिएका छन्।
स्रोत :- अनलाइन खबर
Loading...
Monday, February 19, 2018
Home
National news
POLITICS
जनताको बहुदलीय जनवाद र माओवादलाइ गौंड राख्दै।एमाले माओबादी पार्टी एकताको आधार ७ बुदे सहमतिमा हस्ताक्षर।
जनताको बहुदलीय जनवाद र माओवादलाइ गौंड राख्दै।एमाले माओबादी पार्टी एकताको आधार ७ बुदे सहमतिमा हस्ताक्षर।
Subscribe to:
Post Comments (Atom)
Loading...
loading...
loading...


No comments:
Post a Comment