तिन जना केटा साथीहरु सित् गेस्ट हाउस छिरेकी उदयपुरकी सर्मिला राउत मृत फेला। - merodesh
Loading...
Loading...

Saturday, February 24, 2018

तिन जना केटा साथीहरु सित् गेस्ट हाउस छिरेकी उदयपुरकी सर्मिला राउत मृत फेला।

          तिन जना केटा साथीहरु सित् गेस्ट हाउस छिरेकी उदयपुरकी सर्मिला राउत  मृत फेला। 

काठमाडौ– 
              काठमाडौ सुन्धारास्थित निकुद गेष्ट हाउसमा शनिबार एक युवती मृत भेटिएकी छिन। तीनजना केटा साथीसँग बिहान ३: ३० बजेको समयमा गेष्ट हाउसमा आएकी उदयपुर घर भई हात्तिवन बस्ने शर्मिला राउत ९: ३३ मा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार तीन जनामध्ये विशाल खड्काले प्रहरीलाई फोन गरी शर्मीलाले पासो लगाएको जानकारी गराएपश्चात प्रहरी घटनास्थल पुगेको हो।प्रहरी घटनास्थल पुगुन्जेल पासो विशालले आफैं निकालेको बयान दिएको प्रहरी नायब उपरीक्षक टिकुनन्द इवा लिम्बुले बताए।

डिएसपी लिम्बुका अनुसार, सिन्धुली स्थायी घर भई र हाल पेप्सीकोला बस्ने विशाल खड्का शर्मीलाको ब्वाईफ्रेन्ड भएको र अन्य दुई जना उदयपुर स्थायी घर भई कोटेश्वर बस्ने अशव सेवा र काभ्रे स्थायी घर भई कोटेश्वर बस्ने विपिन मैनाली साथीको रुपमा आएको बयान दिएका छन्।

होटल सञ्चालक सुन्दर श्रेष्ठका अनुसार उनीहरुले दुईवटा कोठा लिएको र एक कोठमा विशालका दुई जना साथी र एक कोठमा शर्मीला र विशाल बसेको जनाएका छन्। उनीहरुले कोठामा दुई बोतल बियर र अन्य नास्ता मगाएका थिए।

शर्मीला र विशाल कोटेश्वरस्थित रिन्को ओभरसिज प्रालिमा सँगै काम गर्ने गरेको प्रहरीले जनाएको छ। डिएसपी लिम्बुले भने, ‘उनीहरु तीनै जना प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । विशालका एक श्रीमती र एक छोरा छन्।

स्रोत : नमस्ते अनलाइन चौतारी 

No comments:

Loading...
loading...