रेनुकाको ""छुटयो यसपालीको "Valentineday" पनि"(कविता )
छुटे जिबनमा धेरै कुराहरु....।
उकालो चढ्दा चढ्दै,
थाकेर चैतारोमा आराम गर्दा एकैछिनलाइ, बिसाएको टोपी,
त्यहि छुटयो.....।।
बाबाको हात समाएर हिंड्दा हिंड्दै,
कुन उमेरमा छुटेछ
आफ्नै बाल्यकाल...।
छुटिगयो जिबनकै यात्रामा
बढदै गएको उमेरका कारण
आफ्नै आमाको काख छुटयो...!
स्कुल को एसेम्बलिमा गाउने
रास्ट्रगान, छुटयो.....!
जब टेके पहिलो पटक कलेजको प्राङ्गणमा
उमेरहरु छुटदै गए.... ।
सबैका रहरमा पखेटा पलाउन थाले
भाइ बहिनी दिदि दाजुहरुको
सामीप्य छुटयो ।
काचो उमेरमा प्रेम लुकाउन नसकेर
प्रियतमको साथ् छुटयो ।
कति क्लासहरु छुटे.... ।
कति एक्सजामहरु छुटे....!
कति बसहरु अनि बसपार्कहरु छुटे...!
सिनेघरमा लागेका कति सिनेमा हेर्न जाउला भन्दाभन्दै छुटे...!
कति भेट्हरु छुटे...!
कति पिक्निकहरु छुटे...!
कति साथीहरु छुटे...!
कति सत्रुहरु छुटे....!
कति चियापसलका गफहरु छुटे...!
कति जागिरका इन्टरभिउहरु छुटे...!
कति valentinedayहरु छुटे.....!
कति सङको प्रेम सम्बन्ध छुटे...!
कतिशीतको अरु सम्बन्ध हरुछुटे...!
कति उदयपुर तिरै छुटे......!
कति झापा तिरै छुटे.....!
कति चितवन् तिरै छुटे....!
कति राजधानी तिरै छुटे....!
कति सुधुरपश्चिम तिरै छुटे.....!
कति प्रश्नहरु छुटे....!
कति जबाफहरु छुटे....!
कतिलाइ के के भन्नू थियो उतिबेलै छुटे...!
कतिका केहि सुन्नु थियो ती पनि छुटे.....!
कति अबसरहरु छुटे...!
कति रहरहरु छुटे....!
केही कुरा बाकी नरही छुटे...!
जसरी छुटछन एक स्टेशनमा बदाम बेच्न चडेका दाइ अर्को स्टेशनमा....!
जसरी छुटछन मिठो सारंगी बजाउने भाइ २-४ स्टेशनपश्चात् ....!
कहि छुटे दु:खहरु, जो उहीँ रुपमा कहिल्यै फर्केर आएनन......!
कहि छुटे खुसिहरु,
जो त्यहि रूपमा फर्केर आउन सकेनन...!
#Happy_valentineday_To_all
रेणुका कार्की
उदयपुर,गाईघाट
छुटे जिबनमा धेरै कुराहरु....।
उकालो चढ्दा चढ्दै,
थाकेर चैतारोमा आराम गर्दा एकैछिनलाइ, बिसाएको टोपी,
त्यहि छुटयो.....।।
बाबाको हात समाएर हिंड्दा हिंड्दै,
कुन उमेरमा छुटेछ
आफ्नै बाल्यकाल...।
छुटिगयो जिबनकै यात्रामा
बढदै गएको उमेरका कारण
आफ्नै आमाको काख छुटयो...!
स्कुल को एसेम्बलिमा गाउने
रास्ट्रगान, छुटयो.....!
जब टेके पहिलो पटक कलेजको प्राङ्गणमा
उमेरहरु छुटदै गए.... ।
सबैका रहरमा पखेटा पलाउन थाले
भाइ बहिनी दिदि दाजुहरुको
सामीप्य छुटयो ।
काचो उमेरमा प्रेम लुकाउन नसकेर
प्रियतमको साथ् छुटयो ।
कति क्लासहरु छुटे.... ।
कति एक्सजामहरु छुटे....!
कति बसहरु अनि बसपार्कहरु छुटे...!
सिनेघरमा लागेका कति सिनेमा हेर्न जाउला भन्दाभन्दै छुटे...!
कति भेट्हरु छुटे...!
कति पिक्निकहरु छुटे...!
कति साथीहरु छुटे...!
कति सत्रुहरु छुटे....!
कति चियापसलका गफहरु छुटे...!
कति जागिरका इन्टरभिउहरु छुटे...!
कति valentinedayहरु छुटे.....!
कति सङको प्रेम सम्बन्ध छुटे...!
कतिशीतको अरु सम्बन्ध हरुछुटे...!
कति उदयपुर तिरै छुटे......!
कति झापा तिरै छुटे.....!
कति चितवन् तिरै छुटे....!
कति राजधानी तिरै छुटे....!
कति सुधुरपश्चिम तिरै छुटे.....!
कति प्रश्नहरु छुटे....!
कति जबाफहरु छुटे....!
कतिलाइ के के भन्नू थियो उतिबेलै छुटे...!
कतिका केहि सुन्नु थियो ती पनि छुटे.....!
कति अबसरहरु छुटे...!
कति रहरहरु छुटे....!
केही कुरा बाकी नरही छुटे...!
जसरी छुटछन एक स्टेशनमा बदाम बेच्न चडेका दाइ अर्को स्टेशनमा....!
जसरी छुटछन मिठो सारंगी बजाउने भाइ २-४ स्टेशनपश्चात् ....!
कहि छुटे दु:खहरु, जो उहीँ रुपमा कहिल्यै फर्केर आएनन......!
कहि छुटे खुसिहरु,
जो त्यहि रूपमा फर्केर आउन सकेनन...!
#Happy_valentineday_To_all
रेणुका कार्की
उदयपुर,गाईघाट

No comments:
Post a Comment