आइरनमा लागेको कालो दाग हटाउने सजिलो तरिका, पुरा पढ्नुहोस। - merodesh
Loading...
Loading...

Tuesday, March 6, 2018

आइरनमा लागेको कालो दाग हटाउने सजिलो तरिका, पुरा पढ्नुहोस।

                    आइरनमा लागेको कालो दाग हटाउने सजिलो तरिका, पुरा पढ्नुहोस। 

खुम्चियको कपडामा आइरन लगाउनु नितान्त आवश्यक हुन्छ, आइरन नलगाएको कपडा कच्याककुचुक र खुम्चेको हुन्छ । जसले गर्दा कपडा नयाँ भए पनि त्यो कपडा लगाउने व्यक्तिको व्यक्तित्वमा सिधै असर गरिरहेको हुन्छ । त्यसैले स्कुले विद्यार्थी, शिक्षक, कर्मचारी, व्यापारी सबै व्यक्तिहरुलाई आकर्षक देखिनको लागि कपडामा आइरन लगाउनु आवश्यक हुन्छ।
तर कहिले काहीं हामीले प्रयोग गर्ने आइरनको तल्लो भाग अर्थात मेटलको भागमा कालो दाग बस्ने गर्छ, जसले गर्दा आइरन गर्ने समयमा उक्त आइरनको कालो दाग हाम्रो कपडामा समेत लाग्न गई कपडा बिग्रिने सम्भावना निकै धेरै हुन्छ । त्यसैले समयमै उक्त दाग लाई आइरन बाट हटाउनु निकै आवश्यक हुन्छ ।

आज हामीले आइरनमा लागेको दागलाई सजिलै हटाउने उपाय लिएर आएका छौं हेर्नुहोस तलको आइडिया र भिडियो
तरिका नम्बर १:
खाने सोडा र पानी
एक चम्चा पानीमा २ चम्चा खाने सोडा हालेर पेस्ट(लेदो) बनाउनुहोस
तयार पारिएको लेदो/पेस्टलाई आइरनको प्लेटको दाग लागेको ठाउमा दल्नुहोस
पेस्ट दले पछी सफा कपडा पानीमा डुबाएर पेस्टलाई पुछ्नुहोस
यदि तपाइको आइरनमा बाफ आउने प्वाल छ भने उक्त प्वालमा पनि सफा गर्नुहोस
आइरनको रिजरभोइरमा पानि भर्नुहोस
आइरनलाई अन गरेर फुल मोडमा पुरै तातो बनाएर ठाडो पारेर राख्नुहोस
आइरन तातो भएपछी सफा कपडामा आइरन दल्नुहोस, किचन टावेल प्रयोग गर्नुभए पनि हुन्छ
यसरी सफा कपडामा आइरन/दले पछी आइरनलाई बन्द गर्नुहोस र चिसो हुन दिनुहोस, यसरि तपाइले आफ्नो आइरनको प्लेटलाई सफा गर्न सक्नुहुन्छ

तरिका नम्बर २:
भेनिगर र नुन

तपाइले भेनिगर र नुनलाई मिसाएर पनि आइरनलाई सफा गर्न सक्नुहुन्छ, यसको लागि दुइभाग भेनिगर र एक भाग नुन मिसाउनुहोस, त्यसपछि त्यसलाई उमाल्नुहोस नुन भेनिगरमा नघुली सम्म उमाल्नुहोस, उम्लिसके पछी एकैछिन चिसो हुन दिनुहोस, र चिसो नुन-भेनिगरलाई आइरनको प्लेटमा दल्नुहोस र सफा गर्नुहोस।

Source: janatanews

No comments:

Loading...
loading...