टुडिखेलमा ७५ हजारले बाचन गरे बुद्ध उपदेश "धम्मपद " हेर्नुहोस फोटो सहित। - merodesh
Loading...
Loading...

Saturday, March 3, 2018

टुडिखेलमा ७५ हजारले बाचन गरे बुद्ध उपदेश "धम्मपद " हेर्नुहोस फोटो सहित।

टुडिखेलमा ७५ हजारले बाचन गरे बुद्ध उपदेश "धम्मपद बचन" हेर्नुहोस फोटो सहित।  
काठमाडौँ ,
        टुँडिखेलमा जम्मा भएर हजारौंले गौतम बुद्धको उपदेश धम्मपद वाचन गरेका छन्। आयोजक विश्व कीर्तिमानी परिषद् नेपालले ७५ हजार जना आधिकारिक पास लिएर कार्यक्रममा सहभागी भएकाे दावी गरेकाे छ।

गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा रेकर्ड गराउने तथा गौतम बुद्ध नेपाल मै जन्मेका हुन भन्ने सन्देश विश्वमाझ पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजा गरिएको आयोजकको भनाई छ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वमन्त्रीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २६०० वर्ष अगाडिको सत्यलाई सबैले स्थापित गर्नुपर्ने बताए।

कार्यक्रममा धम्मपद वाचन गरिरहँदा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो।

यसअघि भारतको आर्ट अफ लिभिङ फाउण्डेसनले ५६ हजार ६६० को उपस्थितिमा कविता पढेर गिनिज बुकमा रेकर्ड राखेको थियो।
नागरिक न्युज 





तस्बिर :दिपेन्द्र रोक्का ( नागरिक न्युज )

No comments:

Loading...
loading...