वीर अस्पताल पुगेर गृहमन्त्री रामबहादुर थापा बादलले रेसम चौधरीलाइ जुस पिलायर अनसन तोडाए। - merodesh
Loading...
Loading...

Friday, March 16, 2018

वीर अस्पताल पुगेर गृहमन्त्री रामबहादुर थापा बादलले रेसम चौधरीलाइ जुस पिलायर अनसन तोडाए।

 वीर अस्पताल पुगेर गृहमन्त्री रामबहादुर थापा बादलले रेसम चौधरीलाइ जुस पिलायर अनसन तोडाए। 

 काठमाडौं, चैत
              कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले शुक्रबार अनशन तोडेका छन् । शुक्रबार वीर अस्पतालमा गृहमन्त्री रामबहादुर थापा बादलले चौधरीलाई जुस पिलाएर अनशन तोडाएका हुन् ।

उनले १८ दिनपछि अनशन तोडेका हुन् । थारु आन्दोलनका क्रममा टीकापुर घटनामा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त चौधरीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

गृहमन्त्री बादलले मुद्दा फिर्ता र अदालती प्रक्रियाबाहेक अन्य मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले अनशन तोडेका हुन् ।

अनशन तोडेपछि चौधरीले टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दावी गरेका छन् । टीकापुर घटनाको दिन आफू बर्दियामा रहेको भन्दै उनले आफू निर्दोष रहेको बताउँदै आफ्नो कल डिटेल हेर्न आग्रह गरेका छन् ।

चौधरीले आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, सपथ खान पाउनुपनेर्न, टीकापुर घटनाका २६ जना आरोपीलाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

चाैधरीलाई गृहमन्त्री थापाले अनसन तोडाउँदा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो र शरतसिंह भण्डारी पनि उपस्थित थिए।
स्रोत : अनलाइन खबर 

No comments:

Loading...
loading...