अब यस्तो बन्नेछ नेपाल भित्रको "नमुना नेपाल " मात्र तपाइँ हाम्रो सहकार्यमा।(तस्बिर र भिडियो सहित ) - merodesh
Loading...
Loading...

Friday, March 9, 2018

अब यस्तो बन्नेछ नेपाल भित्रको "नमुना नेपाल " मात्र तपाइँ हाम्रो सहकार्यमा।(तस्बिर र भिडियो सहित )

अब यस्तो बन्नेछ नेपाल भित्रको "नमुना नेपाल " मात्र तपाइँ हाम्रो सहकार्यमा। (तस्बिर र भिडियो सहित )

अविरल बर्षाका कारण पिडित बनेका रौतहट, चन्द्रपुर स्थित सन्तपुरका बाढी पिडितहरुका लागि ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माण गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई सन्तपुर बस्तीको सम्पुर्ण आर्थिक अभाव पुरा भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ले आफ्नो फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै सन्तपुर बस्तीका लागि आर्थिक सहयोग पुरा भएको घोषणा गरेका हुन् ।
असोज ४ गतेबाट सिलान्यास गरी काम सुरु गरिएको उक्त बस्ती माघ २४ गते हस्तान्तरण गरिएको थियो । ५ करोड ९६ लाखको लगानीमा निर्माण भएको उक्त बस्तीभित्र ४७ आवासिय घर, एक सामुदायिक भवन सहित भ्यू टावर, शौचालय, धाराहरु, चिड्रेनपार्क, पार्किङ, मन्दिर, क्लबघर लगायतका संरचना निर्मित छन् ।

एकीकृत नमुना सन्तपुर बस्तीका लागि सहयोग पुरा भएको घोषणा गर्दै धुर्मुसले अब नमुना नेपालका लागि सहयोग गर्न पनि अपिल गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले सन्तपुर बस्ती निर्माण अघिनै उक्त परियोजनाको अवधारणा सार्बजनिक गरिसकेको थियो । ‘नमुना नेपाल’ विश्वलाई नेपाल चिनाउनका लागि समेत महत्वपुर्ण रहेको भन्दै धुर्मुसले लेखेका छन् ‘यो परियोजना सफल भईसकेपछि हामी देशैभरी रहेका पिडितहरुका पिडाहरुलाई मल्हम पट्टि लगाउन सक्ने अवस्थामा पुग्ने छौं नैं, त्यसको अलवा हरेक जिल्लामा सयौं ‘नमुना बस्ती’ निर्माण गर्न सक्षम हुनेछौं ।’

नमुना नेपाल निर्माण पछि धुर्मुस सुन्तली फाउण्डेशनले हजारौं पिडितहरुलाई सोझै सहयोग गर्न सक्ने अवस्थामा पुग्ने बताउँदै उनले नमुना नेपाल बनाउन धुर्मुस सुन्तली फाउण्डेशनले संयोजन गर्ने भएपनि नेपालीहरुलेनै बनाउने खुलाएका छन् ।

उनको स्टाटस यस्तो छ:

नमुना नेपाल’ निर्माण सम्बन्धि हाम्रो अपिल
शान्ति नेपाली समाज, बेलायतको तर्फबाट रु. ३ लाख ५१ हजार एकीकृत नमुना सन्तपुर बस्तीलाई सहयोग प्रदान गरे संग संगैं सन्तपुर बस्तीको अपुग रकम पुरा भएको घोषणा गर्दछौं । साथै अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण महाअभियानलाई यसरीनै सहयोग गरिदिनुहुन अपिल पनि गर्दछौं । हाम्रा हरेक अभियानमा साथ र सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी महानुभावहरु प्रति हामी हृदयदेखीनै कृतज्ञ छौं । जसरी हाम्रा हरेक परियोजनाहरुलाई यहाँहरुले आफ्नै परियोजना सम्झेर साथ र सहयोग गर्नुभयो, हामी त अभियान कर्ता भएर मात्रै काम गरेका हौं ।
        हरेक नमुना बस्ती हजुरहरुकै कारणले बनेका हुन् । हरेक बस्ती आँट गरिरहँदा हामी यति रकम लाग्छ भनेर अपिल गर्थ्यौं, चौथो बस्ती सम्म आईपुग्दा कति सहयोगी मनहरुले त हरेक बस्तीलाई निरन्तर सहयोग पनि गर्नुभएको छ । हामीलाई हरेक पटक यति रकम चाहियो भनेर मागिरहन आफैंलाई पनि गाह्रो महशुस भईरहेको छ । तर हामी बिवश छौं, किनकी हामीलाई देशको परिस्थितीले र हरेक बिपद्ले मानविय सेवामा लागिरहन प्रेरित गरिरहेको छ । हरेक पिडितको पिडाले अझै सकृय भएर सामाजिक काममा लागिरहन उर्जा थपिरहेको छ।
         हामीले देशै भरीका पिडितहरुका पिडालाई मल्हम पट्टि लगाउन सकेका त छैनौं, केही सिमित पिडितहरुलाई राहत प्रदान गर्न सक्यौं भन्ने लागेको छ । त्यसैले हाम्रो उदेश्य पवित्र छ, देश भरीका पिडितहरुको पिडाले हामीलाई सधैं घचघचाईरहन्छ । यि सम्पुर्ण पिडाहरुलाई केही हदसम्म मल्हम पट्टि लगाउनकै लागि ‘नमुना नेपाल’ निर्माणको अवधारणा सार्बजनिक गरेका हौं ।

अब हाम्रो एउटै उदेश्य नमुना नेपाल परियोजना सफल बनाउँनु हो । यो परियोजना सफल भईसकेपछि हामी देशैभरी रहेका पिडितहरुका पिडाहरुलाई मल्हम पट्टि लगाउन सक्ने अवस्थामा पुग्ने छौं नैं, त्यसको अलवा हरेक जिल्लामा सयौं ‘नमुना बस्ती’ निर्माण गर्न सक्षम हुनेछौं । किनभने नमुना नेपाल परियोजना निर्माण सम्पन्न भई संचालन पश्चात जतिपनि अवलोकन कर्ताहरुबाट संकलन हुने रकम सिधै सामाजिक कोषमा जानेछ । त्यहि कोषको रकमले जस्तो सुकै बिपदमा र जस्तोसुकै पिडालाई मल्हम पट्टि लगाउन सजिलै सकिनेछ । त्यसैले हामी अब अन्तिम पटक सहयोगी मनहरुलाई बिनम्रता पूर्वक अपिल गर्दछौं कि नमुना नेपाल परियोजना धुर्मुस सुन्तली फाउण्डेशनले मात्र निर्माण संयोजन गर्ने हो । र निर्माण प्रत्येक नेपालीले गर्ने हो । किनकी नमुना नेपाल परियोजना नेपाललाई अन्र्तराष्ट्रिय जगतमा थप पहिचान दिलाउने परियोजना मात्र नभएर देशका हरेक प्राकृतिक, धार्मिक, सांस्कृतीक सम्पदाहरुको संरक्षण संग संगैं हरेक जातजातीहरुको पहिचान पनि हो ।


हामीले हाम्रो संस्कृती, हाम्रो भाषा, हाम्रो रितीरिवाज, हाम्रो मौलिकता बिर्सिदैं गएका छौं । भावी पुस्तालाई नेपाल र नेपाली के हो भनेर बुझाउन पनि निकै गाह्रो हुने अवस्था छ । यो परियोजनाले यि सबै चिजलाई सम्बोधन गर्नेछ । एकै कम्पाउण्डबाट सिंगो नेपालको भुगोल हेर्न सकिनेछ । बिदेशीका लागि एउटा अध्ययन केन्द्र साथै सुन्दर पर्यटकिय गन्तब्य त हुनेनै छ, त्यो भन्दा ठुलो यसलाई जिवित संग्राहालयको हिसावमा बुझ्न सकिनेछ । किनकी नेपालको सम्पुर्ण जानकारी यहि भित्रनै हुनेछ । हामी यसैको तयारीका लागि बिगत ६ महिनादेखी निरन्तर लागि परिरहेका छौं । र हालसम्म ललितपुरको लेले स्थित खावा डाँडामा १६ सय रोपनी जग्गा सर्बे पनि भईसकेको छ । सर्बे पश्चात सिंगो परियोजनाको माष्टर प्लान, डि.पि.आर. र ई.आई.ए.को चरण अघि बढिसकेको छ । ६ ७ महिना भित्रमै यो चरण सकेर निर्माण कार्यमा अघि बढ्ने हाम्रो योजना छ । र हामी ५ बर्ष भित्रमा नमुना नेपाल निर्माण गर्ने लक्ष्यका साथ अघि बढेका छौं ।
 यो परियोजना कुनै सिमित बर्गका लागि होईन, यो सिंगो देशको गरिमालाई उच्च बनाउने परियोजना हो । यसमा हजारौं हजार नेपालीका छोराछोरीले रोजगारी पाउने मात्रै होईन देशलाईनै आर्थिक सम्बृद्धीतिर अघि बढाउन महत्वपुर्ण भुमिका खेल्नेछ । देशैभरी बिकास निर्माणको लहर पनि आउनेछ । यो परियोजना सफल पार्न हरेक नेपालीको समान दायित्व हुनुपर्दछ भन्ने लाग्दछ । त्यसैले यो बिषयसंग बिज्ञता हासिल गर्नुभएका स्वदेश तथा बिदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई अभियान्ता बनि सल्लाह तथा सुझाव दिनुहुन पनि र निर्माणको सारथी बनिदिनुहुन पनि अपिल गर्दछौं । साथै हरेक नेपालीलाई यस अभियानको अभियान्ता बनिदिनुहुनका लागि बिनम्रता पुर्वक अनुरोध गर्न चाहान्छौं ।

यस महान अभियानमा जोडिन चाहनुहुने महानुभावहरुले ९८४१२२९९१२, ९८०३४७२४७६ वा ०१ ४४८२९७१, ईमेल info@dhurmussuntali.com/dhurmussuntali47@gmail.com वा वेवसाईट www.dhurmussuntali.com भिजिट गर्न सक्नुहुनेछ । साथै फाउण्डेशनको कार्यालय पुरानो बानेश्वरमा सम्पर्क राख्न सक्नुहुनेछ ।
यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’
धुर्मुस-सुन्तली फाउन्डेशन
धुर्मुस–सुन्तली फाउण्डेशन कला, सचेतना, भौतिक संरचना निर्माण मार्फत जनसेवामा समर्पित सामाजिक संस्था हो । यसले कल....
dhurmussuntali.com
भिडियो मा हेर्नुहोस अबको नमुना नेपाल 

No comments:

Loading...
loading...