नेपालको जमिन फिर्ता गराउन बेलायती प्रधानमन्त्रीलाई ग्रेटर नेपालको पत्र।
बेलायतको ४ दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध उजुरी गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती प्रधानमन्त्री थेरेसा मेलाई एक पत्र पठाएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज दिउँसो २ः४५ बजे बेलायती राजदुतावासका डेपुटी एम्बेसेडर ब्यारी डेभिडसनलाई उक्त पत्र बुझाएको थियो ।बेलायती प्रधानमन्त्रीलाई पठाइएको उक्त पत्रमा बेलायती उपनिवेशमा रहेको नेपाली भुभाग सन् १९४७ अगस्त १५ मा भारतसँगै स्वतन्त्र भएकोमा भारतले तत्काल उक्त भुभागमा पुन उपनिवेश कायम गरेको भन्दै सन् १९५० जुलाई ३१ को नेपाल–भारत सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरिसक्ता पनि भारतले उक्त भुभाग हालसम्म नेपाललाई फिर्ता नगरेको उल्लेख गरिएको छ ।
भारतको यो विस्तारवादी व्यवहारमाथि अङ्कुश लगाउनुपर्ने जिकिर गर्दै उक्त पत्रमा नरेन्द्र मोदीको बेलायत भ्रमणका अवसरमा यस विषयलाई उठाउन तथा तार्किक निष्कर्षमा पुर्याउन बेलायती प्रधानमन्त्रीसँग आग्रह गरिएको छ । उक्त पत्रमा अगाडि भनिएको छ , “यो विवाद नसुल्झाउने हो भने ग्रेटर नेपालको अवधारणाले निकट भविष्यमा जटिल मोड लिने र यसबाट बेलायत र भारतले महंगो मूल्य चुकाउनुपर्नेछ ।”
स्मरण रहोस्, सन् १९४७ अगस्त १५ यता करिब ६०,००० वर्ग कि.मि. नेपाली जमिन भारतको कब्जामा रहदै आएको छ । उक्त पत्र बुझ्दै उपराजदूत ब्यारीले प्रधानमन्त्रीलाई लेखिएको पत्र तत्काल लन्डन पठाइदिने बताएका थिए ।
बेलायती दूतावासमा बुझाईएको पत्र यस्तो छ।



No comments:
Post a Comment