मृत्युदण्ड कुरिरहेका उमेशले पाए क्षमादान। ३० लाख ब्लड मनी झुटाउन अभियान सुरु। सक्दो शेयर गरौ। - merodesh
Loading...
Loading...

Saturday, April 28, 2018

मृत्युदण्ड कुरिरहेका उमेशले पाए क्षमादान। ३० लाख ब्लड मनी झुटाउन अभियान सुरु। सक्दो शेयर गरौ।

मृत्युदण्ड कुरिरहेका उमेशले पाए क्षमादान। ३० लाख ब्लड मनी झुटाउन अभियान सुरु। सक्दो शेयर गरौ। 

१५, वैशाख,
         साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवले क्षमादान पाएका छन् । उनले हत्या गरेका मृतकका परिवारले माफी दिन सहमति जनाएका छन् । योसँगै यादवको ज्यान जोगिने पक्का भएको छ ।

पाकिस्तानी नागरिकको हत्या अभियोगमा यादव सन् २००७देखि साउदीको जुवेल जेलमा छन् । यादवका पक्षबाट अब पीडित परिवारलाई पाकिस्तानी ३० लाख ब्लडमनी दिनुपर्नेछ ।

अब ब्लड मनी जुटाउनका लागि अभियान सुरु भएको छ । उनलाई सहयोग गर्न चाहानेले प्रभु बैंकको खाता नम्बर ४९००१००९१३५८८०००००१ मा जम्मा गर्न सकिने छ ।

पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पुगेर सरोज यादव नेतृत्वको नेपाली पक्षले माफीका लागि पहल गरेको थियो । ब्लडमनी दिने शर्तमा मृतकका परिवारले यादवलाई क्षमा दिन सहमति जनाएका हुन् ।

११ वर्षअघि यादव पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या आरोपमा पक्राउ परेका थिए । उनलाई अदालतले मृत्युदण्ड दिने फैसला गरिसकेका कारण मृतकका पविारले क्षमा नदिए उमेशलाई बचाउन सकिने अवस्था थिएन ।

उमेशलाई क्षमा दिलाउन ग्रोइङ नेपाल फाउण्डेसनका अध्यक्ष सरोज रायले ठूलो मिहिनेत गरेका थिए । उनी पाकिस्तानी नागरिक लिएर नै पीडित परिवारलाई भेट्न पाकिस्तान पुगेका थिए ।

उनकै अनुरोधमा पीडित परिवारले फैसलावादको अदालतमा पुगेर उमेशलाई माफी दिने र त्यसबापत ब्लडमनी बुझ्ने सहमति जनाएका छन् ।

अब उमेशलाई बचाउन ब्लडमनी संकलन अभियान सुरु भएको छ।

No comments:

Loading...
loading...