ईसीटीएस जडित कार्गो कोलकाता बन्दरगाह बाट छुट्यो काठमाडौँको लागि। - merodesh
Loading...
Loading...

Thursday, April 19, 2018

ईसीटीएस जडित कार्गो कोलकाता बन्दरगाह बाट छुट्यो काठमाडौँको लागि।

ईसीटीएस जडित कार्गो कोलकाता बन्दरगाह बाट छुट्यो काठमाडौँको लागि।


नयाँ दिल्ली 
           बवैशाखदेखि भारतको कोलकाता बन्दरगाह भएर आउने तेस्रो मुलुकको कार्गोमा विद्युतीय कार्गो निगरानी प्रणाली (इलेक्ट्रोनिक कार्गो ट्रेकिङ सिस्टम) लागू गरिएको छ ।

बुधबार अपराह्न नेपाली सामान बोकेका ईसीटीएस प्रणालीअन्तर्गत रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस (आरएफआईडी) जडित दुईवटा कन्टेनर कोलकाता बन्दरगाहस्थित भन्सार यार्डबाट वीरगन्जका लागि छुटेका हुन् ।
उक्त उपकरण जडान गरिएपछि व्यापारीहरूले कोलकाताबाट छुटेका आफ्ना सामान कहाँ पुगे र कुन प्रक्रियामा छन् भन्ने ‘रियल टाइम’ जानकारी पाउन सक्नेछन् । तीन महिनाका लागि नमूनाका रूपमा यसको परीक्षण गरिएको हो । यो प्रणाली जडान गर्ने सम्बन्धमा जुन २०१७ मा नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

आजदेखि तीन महिनाको यसको औपचारिक रूपमा पाइलटिङ सुरु गरिएको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालेले जानकारी गराए । नेपाली व्यवसायीलाई लाभ भएको खण्डमा त्यो लागू हुनेछ । यो प्रणालीका कारण नेपालीका सामान सुरक्षित हुने तथा भारतीय भन्सारका झन्झटिला प्रक्रियाहरूबाट केही हदसम्म राहत हुने अपेक्षा गरिएको छ । यो उपकरणका लागि नेपाली व्यवसायीहरूले प्रतिकन्टेनर तीन हजार भारु अर्थात् ४ हजार ८ सय रुपैयाँ तिर्नुपर्नेछ ।

कन्टेनरमा जडित उपकरणका कारण नेपाली सामान बीचैमा लुटिने र ढुवानी समय बढी लाग्ने जस्ता समस्या कम हुने अपेक्षा व्यवसायीहरूले गरेका छन् । समयको बचत हुँदा विलम्ब शुल्कबाट समेत व्यावसायीहरूले राहत पाउनेछन् ।

त्यसैगरी तेस्रो मुलुकका सामान बोकेका कन्टेनरलाई बीच बाटैमा खोलेर भारतीय बजारमै बेच्ने गरेको भारतीय पक्षले लगाउँदै आएको आरोपबाट समेत नेपाली व्यवसायीहरू मुक्त हुने अपेक्षा गरिएको छ । त्यही शंकाकै कारण नेपाली सामान बोकेका कन्टेनरहरूले सुरक्षा जाँचका नाममा अनेकन झन्झट व्यहोर्दै आएका छन् । तर, कन्टेनरको सिलमा जडित आरएफआईडी उपकरणका मद्दतले कन्टनेर कहाँ पुग्यो भन्ने जानकारी दिनेछ । उक्त उपकरणमा कन्टेनरका सम्बन्धमा सबै
विवरण रहनेछ ।

तीन महिनापछि यसले निरन्तरता पाउने र नपाउने भन्ने तेस्रो मुलुकको आयात कत्तिको सहज र सरल हुन्छ त्यसैमा निर्भर गर्ने महावाणिज्यदूत अर्यालको भनाइ छ । ‘नेपाली व्यवसायीहरूले मूल्य तिर्नुपरेको छ, त्यसैले व्यापार सहज र सरल भन्नेमै यसको निरन्तरता निर्भर छ’, महावाणिज्यदूत अर्यालले बताए । भन्सार प्रक्रियामा हुने परिवर्तन र व्यापारीहरूबाट आउने प्रतिक्रियाकै आधारमा आगामी निर्णय लिइने अर्यालले भने।

स्रोत : कान्तिपुर दैनिक 

No comments:

Loading...
loading...