पत्नीको हत्या गरेर शब् बोरामा फालेर फरार पति लुकेको ठाउबाट पक्राउ। - merodesh
Loading...
Loading...

Saturday, April 28, 2018

पत्नीको हत्या गरेर शब् बोरामा फालेर फरार पति लुकेको ठाउबाट पक्राउ।

पत्नीको हत्या गरेर शब् बोरामा फालेर फरार पति लुकेको ठाउबाट पक्राउ।  

बर्दिबासः 
      पत्नी हत्याको आरोपमा प्रहरीले एकजना पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका–२ बरदहाका ३२ वर्षीय शिवशंकर दास रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरका एसपी कुवेर कडायतले जनाए ।

चैत्र १९ गतेदेखि घरबाटै हराइरहेकी शिवशंकरकी २५ वर्षीया पत्नी पुनम देवी दासको शव बोरमा बाँधेर फालेको अवस्थामा २१ गते भेटिएको थियो ।

मटिहानी नगरपालिका–४ स्थित सडक किनारको खाल्टोमा उनको शव भेटिएको थियो । निर्मम तरिकाले कुटपिट गरी हत्या गरेर फालिएको पुनमको शव बोरामा पोको पारेर फालिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

पुनमको हत्यापछि शिवशंकर फरार रहँदै आएका थिए । प्रहरीले महोत्तरीको धिरापुरमा लुकेर बसको अवस्थामा उनलाई पक्राउ गरेको हो।

No comments:

Loading...
loading...