गौरीघाटबाटै पक्राउ परे का हुन् गोल्ड डन गोरे " हेर्नुहोस भिडियो सहित ) - merodesh
Loading...
Loading...

Tuesday, May 22, 2018

गौरीघाटबाटै पक्राउ परे का हुन् गोल्ड डन गोरे " हेर्नुहोस भिडियो सहित )

गौरीघाटबाटै पक्राउ परे का हुन् गोल्ड डन गोरे " हेर्नुहोस भिडियो सहित )

८ जेठ, काठमाडाैं
३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जनाएको छ ।
गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो ।

समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् । विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो।

गोरेले लिए सुन तस्करीमा अन्य संलग्न व्यक्तिको नाम लिन थाले। 

भिडियो।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले तस्करी संलग्न अन्य व्यक्तिहरुको समेत नाम लिएका छन् ।

प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले गोरेले प्रकरणमा प्रतिवादी बनाइएका ६५ जना बाहेक अन्य व्यक्तिको बारेमा समेत मुख खोलेको जनाएको हो ।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक ईश्वरप्रसाद पौडेलले भने, ‘उप्रेतीसँग प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रवितादी बनाइएका ६५ जना अभियुक्तहरुको कसुरलाई पुष्ट्याइँ गर्ने प्रमाण र तथ्य दिएका छन् । त्यसबाहेक अन्य व्यक्तिहरुको पनि सूचना प्राप्त भएका छ ।’

‘उप्रेतीबाट प्राप्त सूचनालाई हामीले सुक्ष्म अनुसन्धान र विश्लेषण गरिरहेका छौं’, पौडेलले भने । पक्राउ परेका गोरेलाई मंगलबारै जिल्ला अदालत, मोरङ पेश गर्ने तयारी गरिएको छ ।

‘उनको स्वास्थ्य परीक्षणपछि आजै बिराटनगर लगिनेछ’, समितिका एक सदस्यले भने ।
‘गहिराइका साथ अनुसन्धान जारी राख्छौं’
पौडेलले करिब ३८ क्वीन्टल सुन तस्करीको विषय अत्यन्त जटिल, गम्भीर र संगठित प्रकृतिको अनुसन्धान भएकाले गहिराइका साथ अनुसन्धान जारी राख्ने बताए ।

उनले अनुसन्धान जेरी जस्तै जेलिएको भन्दै हरेक जेरीलाई सेलरोटी जस्तो छुट्टयाउँदै जानु पर्ने भएको बताए ।


No comments:

Loading...
loading...