स्वाभिमान भुल्ने यी युवा नेपाली हुन कि भारती ?
भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणमा नेपालका प्रधानमन्त्री ओलीको पहिरन ठ्याक्कै मिल्दो जुल्दो भएपछी सामाजिक संजालमा चर्चाको बिषय बनेको छ । मोदी र ओलीको पहिरनको डिजाइन देखि रंग ढंग उस्तै मिले पछी सामाजिक संजालमा यी भाइचारा प्रधानमन्त्रीको पहिरन मिल्नुमा सयोग कि सल्लाह भन्दै उत्सुकमय बनेको छ ।यस बिषयमा राष्ट्रवादी भनिएका ओलीलाई भने धेरै आलोचना भएको छ । नेपाली पोशाक नलगाएर भारतीय पोशाकमा सजिएको भन्दै आलोचन भएको हो।
त्यस्तैगरी जनकपुर मिथिला भ्रमणको एउटा फोटो निकै भाइरल भैरहेको छ । भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरको अभिनन्दन कार्यक्रममा भारतीय झन्डा सहितको भारतीय पहिरन भिरेका एक युवकको फोटो सामाजिक संजालमा स्वाभिमानमा धावा बोल्ने दृश्यको रुपमा भाइरल भइरेको छ ।
भारतीय भेषभूषामा सजिएका ति युवकले भने नेपाली ढाँका टोपी लगाएका छन् । शिरमा ढाँका टोपी तर भारतीय झण्डा सहितको भारतीय पोशाकमा देखिएका यी युवक नेपाली हुन् कि भारती हुन् ? भन्ने बारे सामाजिक संजालमा निकै कौतुहलता बनेको छ ।
नरेन्द्र मोदीको नेपाल भ्रमणले देशको राष्ट्रियता माथि आंच आएको भन्दै नेपालीहरुले अनुभूत गरिरहेको बेला भारतीय पहिरनमा ति युबा देखिनुले हाम्रो नेपाली राष्ट्रिय स्वाभिमानमा प्रश्न उठेको छ । यद्यपि जनकपुर नेपाल र भारतको सीमाक्षेत्र भएको हुँदा भारतीयहरु कार्यक्रममा आउन सक्ने भएपनि भारतीय झण्डा सहितको पहिरन कार्यक्रममा देखिनुले नेपाली स्वाभिमानहरुलाई भने पक्कै पनि चिड्याएको छ ।
यदि यी युवक भारती हुन भने हाम्रो भन्नु केहि छैन, यदि नेपाली हुन भने कपुतलाइ पहिचान गरि जनकपुरको सिमा कटाएर भारत तिर पठाई दिए पनि अन्याय हुँदैन ।

No comments:
Post a Comment