सुनकाण्डमा को को मुछिएत ? हेर्नुहोस सुचिसहित ६३ जनाको नाम लिस्ट। - merodesh
Loading...
Loading...

Wednesday, May 2, 2018

सुनकाण्डमा को को मुछिएत ? हेर्नुहोस सुचिसहित ६३ जनाको नाम लिस्ट।

सुनकाण्ड मा  को को मुछिएत  ? हेर्नुहोस सुचिसहित ६३  जनाको नाम लिस्ट।  

काठमाडौं 
         उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणबाट सुरु भएको साढे ३३ केजी सुन प्रकरणमा बुधबार मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको छ । जसमा सुन तस्करीका नाइके भनिएका उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ लाई मुख्य अभियुक्त बनाइएको छ, जो फरार छन् ।

गोरेको नेतृत्वमा सन् २०१५ देखि यता पटकपटक गरी करिब ३८ क्वीटल सुन तस्करी गरेको प्रहरीले निष्कर्ष निकालेको छ । उनीहरुले संगठित रुपमा ३७ लाख ९९ हजार ५ सय ५९ ग्राम बराबरको सुन तस्करी गरको भन्दै १७ अर्ब १ करोड बढी रकमको बीगो दाबी गरिएको छ ।

बुधबार जिल्ला अदालत, मोरङमा पेश भएको प्रहरीको अनुसन्धान प्रतिवेदन अनलाइनखबरले फेला पारेको छ । जहाँ गोरे समूहका ६३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ ।

प्रकरणमा मुछिएकाहरु निम्न अनुसार छन्ः–

१. मोरङको उर्लाबारी घर भइ काठमाडौं–७, गौरीघाट बस्दै आएका चुडामणि उप्रेती (गोरे) ।

२. काभ्रेको मण्डनदेउपुरी गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरी ।

३. मोरङ उर्लाबारी–४ का मोहन काफ्ले ।

४. मकवानपुर हटिया–४ घर भइ हेटौंडा बस्दै आएका सुरेन्द्र गौतम ।

५. झापा गौरादह–८ का मामा भनिने भोजराज भण्डारी ।

६. झापाको मेचीनगर–१३ का रुस्तम मियाँ भनिने मोहमद उस्तम मियाँ ।

७. सोलुखुम्बुको दूधकुन्ड–८ का टुकबहादुर मगर ।

८. झापाको मेचीनगर–१३ का लाक्पा शेर्पा ।

९. मोरङको उर्लाबारी–२ का माधव भनिने मदनप्रसाद घिमिरे ।

१०. सिराहाको धनगढी माई नगरपालिका–१२ का रोहित आचार्य ।

११. मोरङ उर्लाबारी–७ का कृष्ण भनिने नरेन्द्र कार्की

१२. उर्लाबारी–४ का भविन राई भनिने भविन तामाङ ।

१३. भारतको मोतियारी भेरियारी ग्राम पञ्चायत थाना आधापुर–१४ घर भइ गौरीघाटमा रहेको थ्री बदर्स गाडी ग्यारेजमा काम गर्दै आएका राजनकुमार ।

१४. सुनसरीको धरान–२ का कृष्ण बस्नेत ।

१५. काठमाडौं–१६ का भुजुङ गुरुङ ।

१६. सुनसरीको धरान उपमहानगरपालिका–३ घर भइ काठमाडौं–२९, अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल ।

१७. काठमाडौं– नागर्जुन–४, शरणमपुरका डा. डेबिट भनिने छिरिङ वाङगेल घले ।

१८. सुनसरीको धरान–२ का बहुला भनिने सुनिलकुमार अग्रवाल ।

१९. झापाको शिवगञ्ज–१, हाल शिवसताक्षी घर भइ हाल काठमाडौंको चन्द्रगिरी बस्दै आएका कालु भनिने कृष्ण गोपाल अग्रवाल ।

२०. काठमाडौं–३२ का आरके भनिने राजेन्द्रकुमार शाक्य ।

२१. उर्लाबारी–७ घर भइ काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेती ।

२२. भारतको पश्चिम बंगाल दार्जिलिङ घर भइ काठमाडौंको धुमबराही चन्डौलस्थित प्रेष्टिज अपार्टमेन्टमा बस्ने चाचौजी भनिने महावीरप्रसाद गोल्यान अग्रवाल ।

२३. काठमाडौं–९, एयरपोर्ट अगाडि रहेको बाजेको सेकुवा कर्नरका चेतन भनिने चेतनाथ भणडरी ।

२४. काठमाडौं–३१, बानेश्वरस्थित भैरव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि, न्यूरोडका सञ्चालक प्रमोदकुमार श्रेष्ठ ।

२५. सुनसरीको इटहरी– का वेनु श्रेष्ठ ।

२६. काभ्रेको चलाल गणेशस्थान–६ घर भइ हाल बेथान चोक–४ बस्दै आएका हरिशरण खड्का ।

२७. झापा घर भइ हाल काठमाडौं–९ बस्ने प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल ।

२८. सिन्धुपाल्चोक लोगर्चे–७ घर भइ काठमाडौं–६, बौद्ध आरुबारी बस्ने एलबी मगर भनिने लालबहादुर मगर ।

No comments:

Loading...
loading...