नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइपिएलको तेस्रो खेलमा पनि लिए मुम्बईको पहिलो विकेट।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइपिएलको तेस्रो खेलमा पनि विकेट लिएका छन्।
मुम्बईविरूद्ध खेलमा आइतबार साँझ उनले ओपनिङ ब्याट्सम्यान सूर्यकुमार यादवलाई आउट पारेका हुन्।
सुरूमा बलिङ गर्न आएका सन्दीपलाई यादवले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा दुई रन हानेका थिए।
सन्दीपको चौथो बलमा यादव आउट भए। पहिलो ओभरमा उनले १३ रन खर्चिए।
यसअघि टस जितेर ब्याटिङ गरेको दिल्ली डेयरडेभिल्सले मुम्बईविरूद्ध १७४ रन बनाएको थियो।
सन्दीपले यसअघि रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्ससँग विरूद्ध खेलेका थिए।
दुबै खेलमा उनले एकरएक विकेट लिए। चेन्नईविरूद्धको खेलमा उनले भारतीय राष्ट्रिय टोलीका ब्याट्सम्यान सुरेश रैनालाई आउट पारेका थिए।
सेतो पाटि

No comments:
Post a Comment