बेलायति राजकुमार ह्यारीको बिबाहमा पाहुनालाई यस्ता नियमहरु।
एजेन्सी, जेठ ।बेलायतका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघन मर्कलबीच आज (शनिबार) सेन्ट विन्सटन क्यासल चर्चमा विवाह समारोह हुँदैछ । विवाह समारोहमा ६ सयजना पाहुनाहरुलाई निमन्त्रणा पठाइएको छ ।
पाहुनाहरुको भव्य स्वागतका लागि धुमधाम तयारी चलिरहँदा उनीहरुको लागि केही नियमहरु पनि राखिएको छ । ती नियम विवाहको निमन्त्रणा पत्रमा नै उल्लेख भएका थिए ।
ती नियम अन्तर्गत विवाहको बधाई वा शुभकामना दिन कुनै पनि पाहुनाले महारानीसँग भेटघाट गर्न पाउने छैनन्। त्यस्तै विवाहमा आउने पाहुनाहरुले फोन क्यामेरा लिएर आउन पाउने छैनन् ।
ड्रेस कोडमा पुरुष फर्मल सूट र महिलाहरु गाउनमा उपस्थित हुनुपर्ने छ । गह्रुँगो ब्याग लिएर आउन पाइने छैन ।
गिफ्ट लिएर आउन पाइने छैन तर, च्यारीटिको व्यवस्था भने गरिएको छ । पाहुनाहरुलाई आफ्नो आफ्नो सिटमा बस्न र सिटका लागि झगडा नगर्न बताइएको छ ।
सामान्यतः इसाईको विवाह समारोहमा बेहुलीको फूलको झुप्पा बोक्ने कोही हुन्छन् तर बेलायतकी शाही बेहुली मेघनको फुलको झुप्पा भने कसैले पकड्न पाउने छैनन् ।


No comments:
Post a Comment