आफुले आफैलाइ गोलि हान्न लगायको अभियोगमा हिन्दु धर्मगुरु आचार्य श्रीनिबास पक्राउ । - merodesh
Loading...
Loading...

Monday, May 7, 2018

आफुले आफैलाइ गोलि हान्न लगायको अभियोगमा हिन्दु धर्मगुरु आचार्य श्रीनिबास पक्राउ ।

आफुले आफैलाइ गोलि हान्न लगायको अभियोगमा हिन्दु धर्मगुरु आचार्य श्रीनिबास पक्राउ ।

हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्।  आफूले आफैंलाई गोली हान्न लगाएको अभियोगमा मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।

धर्मगुरू श्रीनिवास आफैंले गोली हान्न लगाएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले सेतोपाटीलाई बताए।

आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो। तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो।

डिएसपी थापाका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए ।

बिहिबार मोरङ प्रहरीले माधव चौधरी र लक्ष्मी अधिकारीलाई पक्राउ परेको थियो। उनीहरूको बयानमा धर्मगुरू आफैंले आफूहरूलाई गोली हान्न लगाएको बयान दिएपछि उनलाई हिजो आइतबार पक्राउ गरेको हो।

‘दुई जना पक्राउ परेपछि धर्मगुरू काठमाडौं हुँदै भारत जान लागेका रहेछन्। उहाँलाई हिजो काठमाडौंबाट पक्राउ गरिएको हो,’ मोरङ एसपी अरूण बिसिले  बताए।

स्रोत: सेतोपाटि

No comments:

Loading...
loading...