मोदी आउने दिन सरकारले गर्दैछ सार्बजनिक बिदा। - merodesh
Loading...
Loading...

Friday, May 4, 2018

मोदी आउने दिन सरकारले गर्दैछ सार्बजनिक बिदा।

मोदी आउने दिन सरकारले गर्दैछ सार्बजनिक बिदा। 

महेन्द्रनगर , 
  भातीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं २ मा सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ। प्रदेश नं २ मन्त्रिपरिषद्को विहीबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँलले जानकारी दिए। 

जनकपुरमा सम्बोधन गर्ने भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रममा सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट ५० हजार मानिस सहभागी गराउने निर्णय गरेको छ। बैठकले दुई वटा थप विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णयसमेत गरेको छ। 

नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत व्यवस्थापन विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। नागरिक दैनिक

No comments:

Loading...
loading...