प्रदेशसभा १ ले प्रदेश सरकार र संसद सदस्यको पारिश्रमिकसम्बन्धी विधेयक पारित गरेको छ। हेर्नुस, कसको तलब कति ? - merodesh
Loading...
Loading...

Monday, May 7, 2018

प्रदेशसभा १ ले प्रदेश सरकार र संसद सदस्यको पारिश्रमिकसम्बन्धी विधेयक पारित गरेको छ। हेर्नुस, कसको तलब कति ?

प्रदेशसभा १ ले प्रदेश सरकार र संसद सदस्यको पारिश्रमिकसम्बन्धी विधेयक पारित गरेको छ। हेर्नुस, कसको तलब कति ?

२४ वैशाख, विराटनगर । 
     प्रदेशसभा १ ले प्रदेश सरकार र संसद सदस्यको पारिश्रमिकसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको बैठकले प्रदेश सरकार र संसद सदस्यको तलब र सुविधा सम्बन्धी विधेयक पारित गरेको हो ।

पारित विधेयक अनुसार मुख्यमन्त्रीको तलब ६० हजार ९७०, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार तोकिएको छ । मुख्यमन्त्रीले तलबबाहेक सञ्चार सुविधाबापत ३ हजार, २५० लिटर इन्धन, दुई वटा गाडी, विल अनुसार धारा र विजुली खर्च पाउनेछन् । त्यस्तै मन्त्रीहरुले एउटा गाडी, सञ्चार खर्च २५ सय, धारा विजुली खर्च २५ सय पाउनेछन् । मुख्यमन्त्रीले दैनिक भ्रमण भत्ता ३ हजार र मन्त्रीले २५ सय पाउनेछन्, वैदेशिक भ्रमणको भत्ता भने मुख्यमन्त्रीले २२५ डलर र मन्त्रीले २ सय डलर पाउनेछन् ।

उक्त विधेयकमा सभामुखले प्रतिमहिना तलब ५३ हजार, उपसभामुखले ५० हजार, प्रमुख प्रतिपक्षी दलका नेताले ५० हजार, प्रमुख सचेतकहरुले ४९ हजार, सचेतकले ४७ हजार र सांसदले ४५ हजार रुपैयाँ तलब पाउने उल्लेख गरिएको छ ।

तलबबाहेक सभामुखले अतिथि सत्कारका लागि ७ हजार, सञ्चार सुविधा ३ हजार, १५० लिटर इन्धन, विजुली र धारा महसुल २५०० पाउनेछन् । त्यस्तै एउटा आवास र पाँच वर्षमा एक पटक फर्निचर पनि सरकारी कोषबाट उपलब्ध हुनेछ । सभामुखले दैनिक भत्ता २५ सय र विदेश भ्रमण भत्ता २ सय अमेरिकी डलर पाउनेछन् ।

त्यस्तै उपसभामुखले तलबबाहेक अतिथि सत्कार खर्च ५ हजार, सञ्चार खर्च २ हजार, इन्धन  १२५ लिटर, धारा र विजुलीका लागि २ हजार पाउनेछन् । उपसभामुखलाई आवास सरकारले उपलब्ध गराउने र फर्निचरका लागि २० हजार रुपैयाँसम्म दिने उल्लेख गरिएको छ ।

आवास सुविधाका लागि प्रतिपक्षी दलका नेताले १७ हजार र अन्यले मासिक १५ हजार रुपैयाँ पाउनेछन् ।

अनलाइन खबर 

No comments:

Loading...
loading...