भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि भोली (शुक्रबार) नेपाल आउँदै।यस्तो छ मोदीको भ्रमण तालिका। - merodesh
Loading...
Loading...

Thursday, May 10, 2018

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि भोली (शुक्रबार) नेपाल आउँदै।यस्तो छ मोदीको भ्रमण तालिका।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि भोली (शुक्रबार) नेपाल आउँदै। यस्तो छ मोदीको भ्रमण तालिका। 

काठमाडौँ,बैशाख
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणका लागि भोली (शुक्रबार) नेपाल आउँदैछन् । उनी पट्नाबाट हेलिकप्टर चढेर सिधै जनकपुर पुग्ने कार्यक्रम छ ।

त्यहाँ उनको भव्य स्वागत एवं नागरिक अभिनन्दन गरिनेछ । उनलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ । यद्यपी, प्रधानमन्त्री केपी शर्मा ओली पनि मोदीको स्वागत र सम्मानका लागि भोली जनकपुर जाने कार्यक्रम छ । प्रधानमन्त्री ओली समकक्षी मोदी आउनुभन्दा करिब एक घण्टा अघि नै जनकपुर पुगिसक्ने बताइएको छ ।

मोदी बिहान १०ः१५ बजे जनपुर ओर्लिने कार्यक्रम रहेका छ । १०ः२० बजे जानकी मन्दिर पुग्ने मोदीले १०ः३५ मा मन्दिरको भ्रमण तथा पुजाआजा गर्नेछन् । दुई देशका प्रधानमन्त्रीले संयुक्त पुजा गर्ने कार्यक्रम रहेको छ ।

११ः१५ मा बाह्र विगाह ग्राउण्ड पुग्ने मोदीले ११ः२५ मा नागरिक अभिनन्दन ग्रहण गर्नेछन् । नागरिक अभिनन्दन समारोहमा प्रधानमन्त्री ओलीको भने सहभागिता रहने छैन् । जानकी मन्दिरको पुजापछि ओली काठमाडौँ फर्कनेछन् ।

१२ः४० मा जनकपुरबाट काठमाडौँका लागि प्रस्थान गरेका मोदी दिउँसो १ः३० मा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्नेछन् । जहाँ उनलाई परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गर्नेछन् ।

दिउँसो १ः४० मा विमानस्थलबाट हायात होटलका लागि प्रस्थान गर्ने मोदी १ः५५ मा होटल आइपुग्नेछन् । दिउँसो ४ः१३ बजे भारतीय प्रधानमन्त्री मोदी टुँडिखेलमा आयोजित ‘गार्ड अफ अनर’ प्रदान कार्यक्रममा सरिक हुनेछन् ।

गार्ड अफ अनर ग्रहण गरेपछि मोदीले ४ः४५ मा उपराष्ट्रपति नन्दबहादुर पुनलाई उनको कार्यालय कान्तिपथमा भेट्नछन् भने लगत्तै ५ः३० बजे राष्ट्रपति भवन शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नेछन् ।

यसैगरी साँझ ६ः३५ देखि ७ः१५ विभिन्न पक्षसँगको भेटघाट कार्यक्रममा सरिक हुनेछन् । कार्यक्रम द्वारिका होटमा आयोजना गरिएको छ । यस्तै ७ः४० देखि ८ बजेसम्म द्वारिकामै आयोजना गरेको कार्यक्रममा सहभागि हुने मोदीले प्रधानमन्त्री केपी ओलीसँगै अरुण तेस्रोको शिलन्यास गर्नेछन् । त्यसपछि उनी द्वारिकामै प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रीभोजमा सरिक हुनेछन् । रात्रीभोजपश्चात उनी साँझ ९ बजे होटल हायात पुग्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दोस्रो दिन शनिबार बिहानै ६ः२० बजे मोदी मुक्तिनाथका लागि प्रस्थान गर्नेछन् । बिहान ७ः५० बजे मुक्तिनाथ पुग्ने मोदीले पुजापाठ तथा त्यहाँ अवलोकन भ्रमणम गर्नेछन् । मुक्तिनाथको भ्रमणपछि उनी भारत फर्कने कार्यक्रम रहेको छ ।

यस्तो छ मोदीको भ्रमण तालिका। 

No comments:

Loading...
loading...