नेपालमै पहिलोपटक राजधानी उपत्यकामा विद्युतीय वस सञ्चालन हुने। मेयरलाई पनि विद्युतीय सवारी। - merodesh
Loading...
Loading...

Monday, May 7, 2018

नेपालमै पहिलोपटक राजधानी उपत्यकामा विद्युतीय वस सञ्चालन हुने। मेयरलाई पनि विद्युतीय सवारी।

नेपालमै पहिलोपटक राजधानी उपत्यकामा विद्युतीय वस सञ्चालन हुने। मेयरलाई पनि विद्युतीय सवारी।  

काठमाडौं: नेपालमै पहिलो पटक राजधानी उपत्यकामा विद्युतीय वस सञ्चालनमा आउने भएको छ । ललितपुर महानगरपालिकाले यसै वर्षदेखि सार्वजनिक रुपमा चारवटा यात्रुवाहक विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी थालेको हो ।

इन्धनबाट चल्ने सवारीसाधनबाट निश्किएको धुवाले वायू प्रदूषण बढाएपछि यसको नियन्त्रणका लागि विद्युतीय सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको ललितपुरका मेयर चिरिबाबु महर्जनले बताए । 

महर्जनले साझा यातायातसँग सहकार्य गरी ललितपुर महानगरपालिकाले पहिलो पटक चारवटा ठुला विद्युतीय बस सञ्चालन गर्ने जानकारी पनि दिए । 

‘निजी क्षेत्रलाई समेत सहभागिता गराएर बस सञ्चालन गर्छौँ । सुरुमा तत्काल चारवटा बस ल्याइने छ,’ महर्जनले भने । उनका अनुसार निजी कम्पनीहरुलाईसमेत सहभागितका लागि आव्हान गरिसकिएको छ । 

अध्ययनले पछिल्लो समय चीनले विद्युतीय बसहरु उत्पादन बढाएको देखाएको छ । चीनको बिवाइडी कम्पनीले ठुला बसहरु निर्माण गरेका छन् । ९.५ मिटर र १२ मिटर लामो बस निर्माण गरी सार्वजनिक गरेपछि मात्र यी कम्पनीसँग मिलेर बस भित्राउने तयारीमा महानगर जुटेको हो । 

ट्रली बसपछि नेपालमा पहिलो प्रयोग भएकाले नयाँ प्रयोगका लागि पनि बस भित्राएर सञ्चालन गर्ने तयारी भएको हो । यी बसको सुरुको खरिद मुल्य दुईदेखि तीन करोड रुपैयाँसम्म पर्ने छ । 

खरिद महँगो भएपछि सञ्चालन खर्च सस्तो र दीगो हुने भएकाले इन्धनका गाडी भन्दा विद्युतीय गाडी सस्तो हुने कम्पनीहरुको दावी छ । ३८ प्रतिशत वायूप्रदूषण सवारीसाधनकै धुवाँबाट हुने गरेको अध्यनले देखाएको छ । 

चीन, भारत र यूरोपका मुलुकहरुले सन् २०३० भित्र इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापित नै गरी सक्ने निर्णय गरे पनि नेपालले पहल नगरेको भन्दै ललितपुरले पहिलो पल्ट प्रयोगमा ल्याउन थालेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । 

यातायात व्यवस्था विभागको तथ्याङक अनुसार नेपालमा हाल इन्धनबाट गुड्ने सवारीसाधनको संख्या ३० लाख नाघेको छ । जसमध्ये १२ लाख उपत्यकाभित्रै गुड्ने गरेका छन् । 

साना धुलो पिएम २.५ भन्दा सानो धुलोका कणको स्रोत सवारीसाधनको धुवानै भएको पाइए पछि नियन्त्रण गर्न वन तथा वातावरण मन्त्री शक्तीबहादुर बस्नेतले विद्युतीय सवारीसाधन सञ्चालनलाई प्राथमिकतामा राखेको बताए । 

‘प्रदूषणको मापदण्ड तोकिए पनि नियमन नभएको पाइएपछि तत्काल कडा कानुन निर्माणको तयारीमा मन्त्रालय जुटेको छ,’ मन्त्री बस्नेतले भने । यसमा धुवा फाल्ने गाडीलाई कारवाही देखि विद्युतीय गाडीको प्रोत्साहन समेत रहने छ ।

हाल काठमाडौंमा भारतकै महेन्द्रा कम्पनीले उत्पादन गरेको ईटुओ, कोरियामा निर्मित किया सोल र बि वाइडी कम्पनीको ई सिक्स मोडलका कार गुड्दै आएको छ । तर ठुलाबस भने सञ्चालन हुन सकेको छैन ।

वन तथा वातावरण मन्त्रालयले यसै महिनादेखि सुरु गरेको वातवरणसम्बन्धी महाअभियानलाई सहयोग गर्न पनि ललितपुर र साझाले विद्युतीय बस ल्याउने भएको हो । 

मेयरलाई पनि विद्युतीय सवारी
यता काठमाडौं महानगरपालिकाकाले मेयरका लागि १ करोड २० लाखमा इन्धनबाट गुड्ने गाडी खरिद गरी सकेको छ । तर ललितपुर महानगरपालिकाले मेयरका लागि आउने आर्थिक वर्षमा विद्युतीय गाडी खरिद गर्ने भएको हो । 

२०७५/०७६ मा बजेट विनियोजननै गरेर विद्युतीय बस खरिद गर्ने प्रवक्ता महर्जनको भनाई छ । बस सञ्चालन गर्न निजी क्षेत्रबाट तीनवटा प्रस्ताव आएको छ ।

बस खरि महँगो भए पनि सञ्चाल गर्न सस्तो वातावरणमैत्री हुने भएकाले राज्यले पनि अनुदानको सुबिधा दिनुपर्ने वातावरणविद् भूषण तुलधारको माग छ । 

सार्वजनिक सवारीमा सरकार सहयोग गर्दै आएको अभ्यास अन्य देशमा पनि भएकाले निजी कम्पनलाई पनि विद्युतीय गाडी सञ्चालनमा प्रोत्साहन गर्नुको विकल्प नभएको तुलधारले बताए । 

सरकारी कार्यालयहरुले कमिसन देखि इन्धनमा घोटला लगायतका लोभमा विद्यूतिय सवारीसाधन खरिदमा चासो नदेखाएको वातावरणविद्हरुको आरोप छ । 

पछिल्लो समय इन्धनबाट चल्ने सवारीसाधनको बिक्री बढेसँगै कम्पनीहरुले उपहार राख्न छाडेका छैनन । तर वायूप्रदुषणको अवस्थालाई ख्याल गरी यी सवारी आयतको दरलाई नियन्त्रण गर्नुपर्ने अवस्था आएको छ ।

अन्नपुर्ण 

No comments:

Loading...
loading...