टीम नेपो(TEAM NEPO) बैतडी कृषि कलेजका विद्यार्थीहरुले गरे बेतालेशोबर मन्दिर सरसफाई।
बैतडी ,टिम नेपो (Team Nepo) बैतडीले,बैतडी जिल्लाको गोकुलेशोवरमा अवस्थित बेतालेश्वर मन्दिर परिसर सरसफाइ तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
टिम नेपोको केन्द्रीय समितिको तेस्रो वाषिक उत्सबको अवसरमा र भखरै गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजबाट Bsc.Ag को ४ वर्षे अध्ययन सकेका विधयार्थीहरुलाइ लक्षित गरि सन्चालन गरिएको युक्त कार्यक्रम २०७५/०१/२२ गते शनिबार बिहान ठिक ७:३०बजे देखि ११ बजे सम्म चलेको थियोे। Team NEPO बैतडीको अध्यक्ष श्रिरेनुका कार्कीले बताउनु भयो।
बेतालेशोवर धाम,डिलासैनी क्षेत्रको एक चर्चित र महत्त्वपूर्ण मन्दिर भएको र यसको सरसफाइले मन्दिर वरपरको वातावरण सफा हुने र यहाँका स्थानीयहरुलाइ पनि जागरुक गराउने उधेश्य रहेको कार्कीले बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि स्ववियु गोकुलेशोर कृषि तथा पशु विज्ञान क्याम्पसका सचीव श्रि खगेन्द्र कडेलले Team NEPO ले हाजिरीजवाफ,नाटक प्रद्शनी,दिप प्रज्वालन,leadership training(नेतृत्व विकास सम्बन्धि तालिम ३५ जनालाई दिएको थियोे) लगायतका थुप्रै कार्यक्रम गरेको र हाल सरसफाइ कार्यक्रम गरेर अझै लोकप्रियता र सफल भएको बताउनु भयो।
साथै संस्थाको उज्ज्वल भविस्यको कामना गर्दै यो क्षेत्रको अन्य सस्थाले पनि यी विषयहरुमा काम उठाउदा राम्रो हुने उहाँले बताउनु भयो। उक्त कार्यक्रममा गोकुलेशोवर कृषि कलेजका विधार्थी र स्थानीय समाजसेवीहरुको उल्लेखनीय सहाभागिता थियो।

No comments:
Post a Comment