हिरोइन बनिन तरकारी वाली (लम्फु) - merodesh
Loading...
Loading...

Wednesday, November 1, 2017

हिरोइन बनिन तरकारी वाली (लम्फु)

‘तरकारीवाली’ का रूपमा सामाजिक सञ्जालमा भाइरल बनेकी गोरखाको भुम्लिचोककी कुसुम श्रेष्ठ ‘लम्फु’ फिल्ममा अभिनयका क्रममा "


tarakariwali (kusum)
 कार्तिक-१५ २०७४ 

               आजभन्दा एक बर्ष अघि गोरखाको भुम्लीचोककी कुसुम श्रेष्ठले डोकामा तरकारी बोकेर खोला तर्दै गरेको फोटो पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले सामाजिक सञ्जालमा अपलोड गरेसँगै ‘तरकारीवाली’ को चर्चा चुलियो। उनी ‘सेलेब्रिटी’ बनिन्। सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन भ्याईनभ्याई भयो। 

यसपछि उनलाई म्युजिक भिडियो र फिल्म खेल्ने अफर आयो। तर,उनले सबैलाई अस्विकार गरिरहिन् ।रत्ननगरको टाँडीमा १२ पढ्दै गरेकी उनले ‘पढाइ बिग्रिने डरले’ म्युजिक भिडियो र फिल्ममा रुचि देखाएकी थिइनन् । तर, अब छिट्टै त्यसबाट पर्दा उठ्दै छ । 

‘फिल्म खेल्ने अफर धेरै आए,’ कुसुमले भनिन्, ‘सबै अस्विकार गरे पनि एउटा फिल्म खेलेकी छु । चाँडै दर्शकले सरप्राइज पाउनुहुनेछ ।’ ‘लम्फु’ फिल्मबाट उनले डेब्यु गरेकी हुन्, तर फिल्म खेलेको रहस्य भने उनले वर्षदिनपछि मात्रै खोलिन् । ‘फिल्मको कथा मन पर्‍यो, मलाई सुहाउने रोल रहेछ,टाँडीमा काकाको घरमा बसेर पढिरहेकी उनले भनिन्,कस्तो भूमिकामा देखा पर्दै छु भन्ने कुरा फिल्म हेरेपछि मात्र थाहा पाउनुहुनेछ ।

उनका अनुसार अहिले पनि उनलाई चिन्ने धेरै छन् । देख्नेले तरकारीवाली भनेर बोलाउँछन् । उनले भनिन्, ‘त्यही भएर मास्क लगाएर हिँड्ने गरेकी छु ।’ 

‘लम्फु’ का निर्देशक गोपालचन्द्र लामिछानेले ‘उनलाई सुहाउने रोल भएकोले आफूहरूले अनुरोध गरेको बताए । ‘हामीले कुनै करकाप गरेनौं,’ उनले भने, ‘यो वर्षको अन्त्यमा फिल्म प्रदर्शनमा आउनेछ ।’ उक्त फिल्ममा कुसुमसँगै कविर खड्का, संजित भण्डारी, मरिस्का पोखरेल, चाँदनी शर्मा लगायतको अभिनय छ । 
Kusum shresth

Source:- Kantipur.com

No comments:

Loading...
loading...