"सुस्मा स्वोराज नेपाल भ्रमणमा आउदै। के भारत नेपाल संगको सम्बन्ध सुमधुर नै बनाउन चाहन्छ ?"
काठमाडौं, माघ
भारतीय विदेश मन्त्रालयले सोमबार विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणको जानकारी दिँदै उनको काठमाडौं यात्रा ‘दुई देशबीच नियमितरुपमा उच्चस्तरीय राजनीतिक भेटघाट गरिरहने परम्पराको निरन्तरता रहेको बतायो ।
बिहीवार र शुक्रबारको भ्रमण ‘द्विपक्षीय साझेदारी थप विस्तार गर्न एवं दुवै मुलुक सामेल भएका विविध क्षेत्रका गतिविधिलाई मजवुद पार्न केन्द्रीत हुने’ उसको थप भनाइ छ । तर, विशेष सन्दर्भ र कार्यक्रम विना ‘बेमौसम’मा हुन लागेको यो भ्रमणप्रति भारत जति नै आशावादी देखिएपनि नेपालमा भने ‘शंसय’ छ ।
विदेश सचिवलाई नै पठाएर संविधान जारी गर्नेक्रममा दिएको दबाब र लगत्तै लगाइएको ‘नाकाबन्दी’ले नेपाल र भारतको सम्बन्धनलाई इतिहासकै तिक्त बनायो ।
त्यसैको जगमा एमाले अध्यक्ष केपी ओलीको ‘राष्ट्रवादी’ नारा मौलाउँदा उनी नेतृत्वको दलले माओवादी केन्द्रसँग सहकार्य गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वर्चश्व जमायो ।
प्राविधिक कारणले मात्रै ओली सरकार नेतृत्वमा पुग्न बाँकी रहँदा स्वराज संभवत् आउँदो सरकारसँग सम्बन्ध सुधारको एक सुत्रीय एजेण्डा लिएर नेपाल आउन लागेको चर्चा एकाथरीले गरिरहेका छन । अर्काथरी भने वामपन्थीको सरकार रोक्न आन्तरिक रुपमा भइरहेका प्रयासलाई स्वराजको यात्राले ‘मलजल’ गर्न सक्ने शंसय गरिरहेका छन् ।
तर, एक महिना नबित्दै सरकारको नेतृत्व गर्ने एमालेका नेता कसैको दबाब र प्रभावले बाम गठबन्धनको यात्रा नरोकिने दावी गर्छन् । उनीहरुका अनुसार स्वराजको भ्रमणलाई ‘नियमित’ र ‘स्वभाविक’ ठान्नुपर्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भावी प्रधानमन्त्री’ भन्दै ओलीलाई तारान्तार फोन गरिरहेका छन । ओलीले पनि गणतन्त्र दिवसको अबसरमा मोदीलाई पत्र लेखेर ‘तपाईंको नेतृत्वको सरकारसँग दुई देशको हितका लागि मिलेर काम गर्न उत्सुक छु’ भनेका छन् । यसले विगतको तिक्तता बिर्सिएर दुवै सम्बन्ध सुधारको पक्षमा रहेको संकेत गर्छ । र, यही पृष्ठभूमिमा स्वराज नेपाल आउँदै गरेपनि उपयुक्त कारण भने देखाइएको छैन । ओलीले प्रधानमन्त्रीका लागि लिने सपथ समारोह वा उनले कार्यभार सम्हालेपछि भारतको तर्फबाट उच्चस्तरीय भ्रमण भएको भए त्यो ‘स्वभाविक’ हुन्थ्यो ।
वाम गठबन्धनका केही नेताले दक्षिणतर्फ तेस्र्याएर आफ्नो सरकार रोक्ने प्रयास भइरहेको आरोप लगाइरहँदा स्वराज राजनीतिक भेटघाटका लागि मात्रै आउन लागेको हुन् भन्ने तर्कमा धेरै दम छैन् ।
पुरानो सरकारको विदाई र नयाँको आगमन, प्रदेश सरकार गठनको सुरसार तथा एमाले–माओवादीको एकता प्रक्रियाको विलम्बका बीच भारतीय प्रधानमन्त्री मोदीले स्वराजलाई विशेष दूत बनाएर किन नेपाल पठाउँछन् भन्ने प्रश्न ‘अहम्’ हो ।
रोक्न नसकेपछि कम्तिमा पाँच बर्ष नेपालमा सरकार नेतृत्व गर्ने ओलीलाई विश्वासमा लिन खोज्नुमा भारतको बाध्यता छ । ओलीसँग सम्बन्ध नसुधारी विगत गल्तीको ‘प्रायश्चित’ गर्ने ठाउँ बाँकी हुन्न् र ओली नेतृत्वको सरकार अझै चीन निकट हुन्छ भन्ने त्रासले बढाएको छटपटीले पनि स्वराजको नेपाल यात्रा तय गरेको हुनसक्छ ।
नेपाली राजनीतिको पर्दा पछाडीको मुख्य ‘खेलाडी’ भारत, जसले सरकारको आयूसमेत निर्धारण गर्छ भनिन्छ, उसँगै ‘टक्कर’ लिएर देशको नेतृत्व गर्न सकिदैन भन्ने ओलीको बुझाईलाई मोदीसँग उनले गरेको पत्र व्यवहारले सतहमा ल्याएको छ । मोदीलाई जनकपुर र मुक्तिनाथ डुलाउने ओलीको चाहनामा कुटनीति थोरै राजनीतिक स्वार्थ धेरै देखिन्छ ।
ओलीका लागि नयाँ दिल्लीमा ‘रेड कार्पेट’ विछ्याउने मोदीको व्यग्रता पनि त्यस्तै हो । दुबैतर्फ देखिएको सम्बन्ध सुधारको चाहनामा स्वराजको भ्रमण फलदायी हुन्छ या उनले यहाँ आएर गर्ने गतिविधिले थप तिक्तता बढाउँछ ?
शुक्रवार साँझबाटै यो प्रश्नको सेरोफेरोमा सत्य उजागर हुन थाल्नेछ । तर, शेरबहादुर देउवा सरकारको बहिर्गमन नहुँदै र ओली प्रधानमन्त्री नबन्दै स्वराजले नेपालको उच्चस्तरीय भ्रमण गर्नुको अर्थ भारत आफ्नै पहलमा नेपालसँगको सम्बन्ध सुधार गर्न चाहान्छ भनेर बुझने जमात ठूलो छ।
Source :-news24nepal

No comments:
Post a Comment