अन्नपुर्ण ग्राहक उदयपुरका मणिकुमारले जिते नगद एक लाख। - merodesh
Loading...
Loading...

Wednesday, January 31, 2018

अन्नपुर्ण ग्राहक उदयपुरका मणिकुमारले जिते नगद एक लाख।

                            "अन्नपुर्ण ग्राहक उदयपुरका मणिकुमारले जिते नगद एक लाख।"  


काठमाडौं,माघ  
           अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजनाअन्तर्गत लक्की ड्र विजेता बनेका गाईघाट १०, उदयपुरका मनिकुमार राईले बुधबार नगद एक लाख रुपैयाँ उपहार बुझेका छन्। युनिग्लोब कलेजका प्रिन्सिपल डा.नरबहादुर विष्टले उपहार स्वरुप उनलाई एक लाख रुपैयाँको चेक प्रदान गरेका हुन्। माघ १४ गते गरिएको लक्की ड्रमा रसिद नम्बर ८५४६ का उनले एक लाख रुपैयाँ उपहार जितेका थिए।

‘दिउँसो साढे एक बजे वार्षिक ग्राहक बनेको थिएँ’ राईले सुनाए, ‘त्यहीदिन बेलुका एक लाख रुपैयाँ उपहार परेको सुनेँ। त्यसपछि म त छक्क परेँ।’ उपहार स्वरुप एक लाख रुपैयाँको चेक बुझदै उनले खुशी साटे।

त्यसैगरी काठमाडौं कंलकीको एड्मार्क एकेडेमी (वईजडम् एकेडेमी)ले नगद एक लाख रुपैयाँ उपहार जितेको छ। बुधवार विष्टले गरेको लक्की ड्रबाट रसिद नम्बर १२९२३ को एड्मार्क एकेडेमी (वईजडम् एकेडेमी) ले नगद एक लाख रुपैयाँ उपहार जितेको हो। हरेक दिन गरिने लक्की ड्र को एपीवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्दै आएको छ।

‘पाठकको घरघरमा पुगेर वार्षिक योजनाका बारेमा जानकारी दिई वार्षिक ग्राहक बनाउनका लागि पहिलो चरणमा सेल्स अफिसरको ९ टोली विभिन्न शहरमा खटाएका छौं’, सर्कुलेशन म्यानेजर मनोज बस्नेतले भने।

अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको वार्षिक ग्राहक योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स् ब्लर्ड प्रेसर मेसिन (बिपी मेसिन) उपहार पाउँनेछन्। साथमा हरेक दिन एक जना वार्षिक ग्राहकले लक्की ड्रमार्फत् नगद १ लाख रुपैयाँसमेत उपहार पाउँछन्।

Source : Annapurna Post

No comments:

Loading...
loading...