सरकारले तोक्यो सात ओटै प्रदेशको केन्द्र र प्रदेश प्रमुख। हेर्नुहोस कहाँ कहाँ /को-को बने। - merodesh
Loading...
Loading...

Wednesday, January 17, 2018

सरकारले तोक्यो सात ओटै प्रदेशको केन्द्र र प्रदेश प्रमुख। हेर्नुहोस कहाँ कहाँ /को-को बने।

          "सरकारले तोक्यो  सात ओटै प्रदेशको केन्द्र र प्रदेश प्रमुख। हेर्नुहोस कहाँ कहाँ /को-को बने। "

माघ ३,
              सरकारले सात ओटै प्रदेश को अस्थाई राजधानी तोकेको छ। बुधबार प्रधान मन्त्रि निबास बालुवाटारमा  बसेको मंत्रिपरिसध को बैठकले सात ओटै प्रदेशको अस्थाई राजधानी र प्रदेश प्रमुख तोकेको हो।
        जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।

प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान ९ बजे बोलाइएको मन्त्रिपरिषद बैठक दिउँसो ३ बजेका लागि सरेको थियो ।

उद्योग मन्त्री सुनिलबहादुर थापाले प्रदेश १ को अस्थायी मुकाम धनकुटा बनाउन माग गरेका थिए । प्रदेश ३ को ललितपुर र हेटाैंडामध्ये कहाँ बनाउने भन्ने विवाद थियो ।

प्रदेश ५ को दाङ र रुपन्देही, प्रदेश ७ मा कैलाली र दिपायलमध्ये कहाँ बनाउने भन्ने विवाद थियो । दाङमा प्रदेश अस्थायी मुकाम माग गर्दै बुधबारदेखि अनिश्चितकालीन बन्द गरिएको छ ।

                     त्यस्तै प्रदेश ७ को अस्थायी मुकाम दिपायल तोक्न माग गर्दै डोटीमा पनि आन्दोलन भइएरहेको छ।

No comments:

Loading...
loading...