"बडदो सहरीकरण र असुरक्षित खाद्यन को बिकलप संगै कौसी तरकारी खेति र यसका अपत्यारिलो फाइदाहरु । "
"फुर्सदको समयमा आफ्नैघरको कौसीमा तरकारीखेति गरौं।
पछिल्लो समयमा हाम्रो देशको महानगरपालिका, उपनगरपालिका शहर लगायत पर्यटकिय ठाँउहरुमा मानिसहरुले आफ्नो घरको छतमा बल्कुनिमा सिडि झ्याल हरुमा कृषि जन्न्य बिरुवाहरुको खेती मनग्ये गर्न थालेको देख्न पाईन्छ। आजको समयमा यो खेती आकर्षक को बिन्दु बन्दै गएको छ। बढदै गईरहेकाे जनधन्त्तव र चर्को मुल्यमा तरकारी जन्य उत्पादन खरिद गर्नु पर्ने अबस्थाले गर्दा पनि आजभोलि धेरै घरवालाहरुले आफ्नो घरको खाली ठाउमा तरकारि खेती गरि कौसी बालिको पहिचान दिइरहेका छन पछीलो समयमा व्यापक रूपमा भइरहेको खेतीयोग्य जमिनको प्लटिङ,शहरीकरण क्रम संगसगै तरकारिखेति लगायत अन्य कृषीजन्यका लागि जगाको आभब खडकिरहेको अवस्थामा कौसीबालिले सोच्व बाताबरणमा दमदार सम्भबना बोकेको कृषि बालि प्रणालीमा पनि राख्नसकिन्छ। बिगतका दिनहरुमा हाम्रैदेशका धनिमनी मनिने मान्छेहरुको घरको छतहरुमा रङ्गि बिरंगि फुल महँगा महँगा गमलामा सजियको देख्न पाइथ्यो तर आजभोलि तिनै गमलामा स्वोच्छ ताजा बिषादि मुक्त तरकरिहरु उत्पादन हुनथालेका छन। कौसीबालीले विशेष गरि शहरीक्षेत्रलाई लछित गरि ल्याईएको योजना हो।
घरमै तरकारि, फल्फुल सागसब्वी उमार्नु पछाडि को एउटा मुख्यकारण भनेकै सफा जैबिक अनि मिसावटमुक्त खाद्यवस्तु उत्पादक कर्ताले सेवन गर्न पाओस भन्ने कौसीबालिको सिद्धान्त हो । कौसी बाली बजारमुखी व्यवसायिमुखी खेती चाहि पककै हैन यो आफ्नो ब्यक्तिगत परिवरिक आन्दको र सामाजिक कल्याण लागि गरिने आधुनिकता सङ्ग समर्पित क्रियाकलाप हो भन्दा फरक नपर्ला।
बर्तमान अबस्थामा कौसी बालिनै किन....?
१.शहरीकरण ले गर्दा तरकारी खेतिकालागि जग्गाको आभाब भैरहेको अबस्थामा तरकारी खेतिको गर्ने बैकल्पिक उपायको रुपमायो प्रबिधि लाई उपयोग गर्न सकिन्छ।
२.कौसी तरकारी खेती प्रबिधिको उपयोगले घरमा आब्श्यक पर्ने तरकारीको शहज आपूर्ति गर्न सकिन्छ त्यसका साथै रकमको बचत पनि गर्न सकिन्छ।
३.मौसम अनुसारको तरकारी फलाउन सकिने भएकाले समय अनुकुलको तरकारी खरिद गर्न दैाडधुप गर्नुपर्दैन।
४.बिषादि मुक्त तरकारी को उत्पादन हुने स्वच बाताबरणमा सहयोग पुर्याउने
५.घरबाट निस्केको फोहोरको सहि सदुपयोग गरि घरमौ आर्गनिक मल बनाउन सकिन्छ अर्कोतर्फ घरबहिर जथाभावी फोहोर फाल्नुनपर्ने आबस्यकता हटेने।
५.घरबाट निस्केको फोहोरको सहि सदुपयोग गरि घरमौ आर्गनिक मल बनाउन सकिन्छ, अर्कोतर्फ घरबहिर जथाभावी फोहोर फाल्नु नपर्ने भएपछी रोगको माहामारीबाट बच्न सकिन्छ। बिशेष गरि आहिले काठमाडौं माहनगरपालिकामा फोहोर ब्यबस्थापन गर्न धेरै मुस्किल झन्झटिलाे भैरहेको छ।
७.विभिन्न आध्यनले के कुराप्रष्ट पारेको छ भने कौसी खेतीले जलबायु परिवर्तनबाट पर्ने नकारात्मक असरलाई समेत घटाउछ।
८.घरमा रहेको पुराना भाडाकुडा लाई पनि पुनः प्रयोगमा ल्याई कम खर्चमा बाली उब्जाउन सकिन्छ।
कौसी खेती कम खर्चमै सकेसम्म बढी लाभ उढाउन सकिने गरि गरिने बाली भएकाले आजदेखिनै हाम्रा घरको छतको खाली ठाउमा कौसी तरकारी खेती प्रबिधि अपनाउन सबैमा अपिल गर्दछु। वास्तबमा हामी आफुलेनै यस्ता नयाँ आधुनिक प्रकृतिमुलक कृषि विकल्पलाई highlight गरौं यी आजको समयको माग सङगै आवस्यकता को खुड्किला हो।
कसरी गर्ने सहरि क्षेत्रमा कौसी तरकारी खेती ??
१.कौसी खेतिको तयारी :
कौसीमा गरिने खेती जमिनमा प्रकृति रुप मै भएको माटोमा गर्ने खेती भन्दा बिल्कुलै फरक छ गमला वा अन्य भाडाम माटो सहित आबस्यक अनुसारको मल र अरु तत्व हरु को मिश्रण गरि सितल ठाँउ म राख्ने त्यस्म मौसम अनुसारको बिरुवा रोपि हल्का पानी हालि कौसिको खाली ठाँउ होशियार पुर्बक रेखदेख गरिराखनु पछ।
२.कौसी खेतीमा कस्तो भाडालाइ प्रयोगमाल्याउने :
थमोकोल(माछा राख्ने भाडा),काटुन,सिमेन्ट को बोरा,कोकाकोला को बोतल,तरकारी को क्यारेट,टिनकोभाडा
३.कौसीखेतीकालागी माटो :
माटोमा कम्सेकम बढी मल फिजाएर माटोलाइ हलुका बनाउनुदा बिरुवा राम्रोगरि फस्टाउछन यस्ले बिरुवालाइ जरा फिजाउन पनि सहयोग गर्दछ र छतमा माटो भार पनि कम हुन्छ।
४. कौसीखेतीकालागी मल :
बजारमा पाइने रासायनिक मल भरसक प्रयोग नगरौं यादी प्रयोगमा लाएमा कौसीखेती गर्नुको औचित्य नै रहदैन त्यसैले घरबाट निस्केको फोहोर गडयैले मलको प्रयोग गर्नु पर्छ यस्ले वातावरणसम्बन्धी पदूषणलाइ रोक्ने कामगर्छ। प
५.बिरुवा रोपने तरिका :
तरकारीको बोट डाठँबसम्मै माटोमा गाडयाे भने बिरुवा कुहिने सम्म्भवना धेरै हुन्छ त्यसैले जरा मात्र पुरीने गरि रोपनु पछ
६.पानी प्रयोग गर्ने तरिका :
मौसम अनुसारको बिरुवामा कति पानी हाल्ने भन्ने कुरामा भर पर्छ।गर्मियाम को
बिरुवामा बढी पानीको अवस्यकता पर्छ।दिनको 2-3 पटक सम्म जाडोको तुलनामा र माटोअलिकसुख्ख देखीएमा दिनको २-३ पटक पानीपटाउनु पर्छ।
७.बिरुवाको छनोट :
सिजन अनुसारको बालिको चयन गरि हिउदे वा बरर्खे बाली गरि दुई किसिमले खेती गर्न सकिन्छ सागसब्जिमा रायो चम्सुर पालुङगो धनिया मुला टमाटर आलु सल्गम लहरे बोडी खोर्सानी मटरर्कोसा लौका फर्सी लसुन करेलो विशेषगरि हाइबिड् जातिहरु कौसी खेतिको लागी उपयोगि हुन्छ।
कौसिबालिमा देखिने समस्याको सम्धान कसरी गर्ने

अन्तत :हामी संग तरकारीखेती गर्नसक्ने प्रबिधि त छ तर प्रबन्धगर्न सक्ने खुबी छैन। बडदाे जनसंख्याको चाप सङसगै अव्यवस्थित खेतीयोग्य जमिनको जथाभावी प्लटिङ लगभग ७०% बर्सेनि सागसब्जि अन्य ठुलाठुला थुप्रै रास्ट्रबाट निर्यात गर्नु पर्ने समस्या त बिधमान छदैछ, अर्कोतिर महङगो रकमका साथै ताजा सागसब्वजिको खान बाट बन्चित हुने त कहिलेकाही समयानुकूल को सागसब्जी बजार नपाएको समस्या झेल्दै आउनुपर्ने अबस्थाले गर्दा कौसीबालि सग सम्बन्धि नंया अबधाराणा ल्याइ सरकारी निकायको माताहतमा रहि केहि सकारात्मक पहल गरि नेपालका सानाठुला शहरहरुमा कौसी तरकारी खेतीलाइ ब्यापक ब्यावस्थित बनाउने। विभिन्न मैसम अनुसारको तरकारी बाली ,सम्बन्धित नयाँ नयाँ प्राविधि कौसी बालिकालागि चाहिने उपयुक्त सामाग्री आफ्नो घरको खाली ठाँउ कौसी खेतीगर्ने इच्छुक किसान समक्ष हस्तान्तरण गरि गैरसरकारी तथा सरोकारवाला हरुले यता पनि ध्यानाकर्षण गर्ने हो भने ? हाम्रोजस्तो देशका लागि कौसी खेती प्राविधि तरकारी खेतिकालागी अर्को उत्कृष्ट बैकल्पिक अनि उत्क्रिस्टउपाय बन्न सक्छ। सरकारी निकायहरू बाट नै पहलगरि योजनतर्जुमा गरि प्रयोगमा ल्याउने र देशका ठुला ठुला शहरहरु कौसी तरकारी खेति मय बन्न सक्ने हो भने,मानिसहरु तरकारी मै पनि आत्मनिर्भर बनि,स्वच्छ जिबन निर्बाह गर्न सक्नेछन।
रेनुका कार्की
यो पनि पढनुहोस।
नेपाल अर्गानिक खेतीका लागि सुन्दर ठाँउ र सफल भबिस्य बोकेको देश हो।

![]() |
| लेखक :रेनूना कार्की |

- किराफटयांग्रोको समस्या डेखिएमा बीष नै हाे अाैषधी हाेईन भन्ने हामी सबैले बुझयै रासायनिक विषादिअलबा झोलमोल बोकसे जैविक बनस्पतिजडिबुटीमिसाएकोबनाएको अाैषधि प्रयोग गर्ने।
- पानीको समस्या हुनेठाँउ जस्तै कि राजधानी पानीलाई पुनःप्रयोगमा ल्याउने जस्तै घरमा विभिन्न क्रियाकलापबाट निष्कासन फोहोरपानीको प्रयोग गर्नसकिन्छ भन्छाबाट निस्किनेपानी लुगाफाटो धुदा नहुदा निस्किने साबुन कम मिसिएको भाडा धुदा निस्केको पानीलाई प्रयोगमा लगाउ सकिन्छ।
- सबैको घरको कौसीमा खेती गर्न सकिन्दैन। त्यसका लागि प्राविधिक इन्जिनियर संग सल्लाह सुझाव लिएर मात्र कौसी खेतिको थालनी गर्नुपर्छ नत्र पछि घर चर्किने पानी चुहिने समस्या देखिन्छ।
- कौसीबालिमा चराचुरुङगिले बोटबिरुवा लाई ठुङगेर क्षेति पुर्याउछन यास्को लागि जालिको प्रयोग गर्न सकिन्छ।

अन्तत :हामी संग तरकारीखेती गर्नसक्ने प्रबिधि त छ तर प्रबन्धगर्न सक्ने खुबी छैन। बडदाे जनसंख्याको चाप सङसगै अव्यवस्थित खेतीयोग्य जमिनको जथाभावी प्लटिङ लगभग ७०% बर्सेनि सागसब्जि अन्य ठुलाठुला थुप्रै रास्ट्रबाट निर्यात गर्नु पर्ने समस्या त बिधमान छदैछ, अर्कोतिर महङगो रकमका साथै ताजा सागसब्वजिको खान बाट बन्चित हुने त कहिलेकाही समयानुकूल को सागसब्जी बजार नपाएको समस्या झेल्दै आउनुपर्ने अबस्थाले गर्दा कौसीबालि सग सम्बन्धि नंया अबधाराणा ल्याइ सरकारी निकायको माताहतमा रहि केहि सकारात्मक पहल गरि नेपालका सानाठुला शहरहरुमा कौसी तरकारी खेतीलाइ ब्यापक ब्यावस्थित बनाउने। विभिन्न मैसम अनुसारको तरकारी बाली ,सम्बन्धित नयाँ नयाँ प्राविधि कौसी बालिकालागि चाहिने उपयुक्त सामाग्री आफ्नो घरको खाली ठाँउ कौसी खेतीगर्ने इच्छुक किसान समक्ष हस्तान्तरण गरि गैरसरकारी तथा सरोकारवाला हरुले यता पनि ध्यानाकर्षण गर्ने हो भने ? हाम्रोजस्तो देशका लागि कौसी खेती प्राविधि तरकारी खेतिकालागी अर्को उत्कृष्ट बैकल्पिक अनि उत्क्रिस्टउपाय बन्न सक्छ। सरकारी निकायहरू बाट नै पहलगरि योजनतर्जुमा गरि प्रयोगमा ल्याउने र देशका ठुला ठुला शहरहरु कौसी तरकारी खेति मय बन्न सक्ने हो भने,मानिसहरु तरकारी मै पनि आत्मनिर्भर बनि,स्वच्छ जिबन निर्बाह गर्न सक्नेछन।
रेनुका कार्की
यो पनि पढनुहोस।
नेपाल अर्गानिक खेतीका लागि सुन्दर ठाँउ र सफल भबिस्य बोकेको देश हो।

No comments:
Post a Comment