तिर्थ राज कट्टेलको "गजल" - merodesh
Loading...
Loading...

Monday, January 8, 2018

तिर्थ राज कट्टेलको "गजल"

तिर्थ राज कट्टेलको "गजल" 



हुर्केको रुख ठान्छौ,हामि मुना हो रे जिबन।
सिङ्गै होला भनि मान्छौ,टुना हो रे जिबन।।

माया गर्छौं दुःख सुख बाँड्छौं भन्छौं हामी।
बाँड्ने कुरा बिर्सी हालौं गुणा हो रे जीवन ।

परिस्थिति कैयौं अाउँछन् भूमिका छन् धेरै
जस्तो सुर्ती बीच् हराउने चुना हो रे जीवन ।

माझ्ने खाने गरीबले हो धनीले त के था'
प्रयोग पछि मिल्काइ दिने दुना हो रे जीवन ।

नकसेमा फुस्केला कि! कसे नफुस्केला !
सुर्कानी मै अल्झिएको तुना हो रे जीवन ।
सुर्कानी मै अल्झिएको तुना हो रे जीवन ।।

तिर्थ राज कट्टेल
हाल, इटहरी, नेपाल

No comments:

Loading...
loading...