डा. गोबिन्द केसीलाइ सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको आदेशमा अनसन स्थल बाटै गिरफ्तारी गरियो। भिडियो हेर्नुस
२४ पुस,काठमाडौं,
डा. गोविन्द केसीलाई प्रहरीले सोमबार राति त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै गिरफ्तार गरेको छ । सर्वोच्च अदालतको पक्राऊ आदेशको केही घण्टा पनि बित्न नपाउँदै डा. केसी गिरफ्तारीमा परेका हुन् ।
डा. केसीको गिरफ्तारीको विरोध र समर्थन दुबैतिर जनमत बाँडिएको अनुभूति सामाजिक सञ्जालमा स्पष्ट देख्न सकिन्छ ।
अदालतको मानहानी गरेको आरोपमा डा. केसीलाई पक्राउ गरिएको हो । डा. केसीले सोमबार नै पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीशको विरोध गरेका थिए । उनीहरु भ्रष्ट भएको डा. केसीले आरोप लगाउँदै अदालतको निर्णयविरुद्ध अनसन बस्ने घोषणा गरेका थिए ।
डा. केसीले प्रधानन्यायाधीशको विरोध गर्दै पत्रकार सम्मेलन गरेको केहीबेरमै सर्वोच्च अदालतका एक कर्मचारीले उनीविरुद्ध मानहानीको निवेदन दर्ता गरे । लगत्तै न्यायाधीश डम्बरबहादुर शाहीले डा. केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे सर्वोच्च अदालतमा हाजिर गराउन प्रहरीलाई आदेश दिए । त्यसको केही घण्टामै डा. केसीलाई पक्राउ गरी राति ८ बजेपछि सिंहदरबारस्थित प्रहरी वृत्तमा लगियो । अब रातभरि डा. केसीलाई त्यहीँ राखिनेछ ।
सर्वोच्च अदालतले डा. केसीमाथि लगाएका आरोपहरुमा ‘अदालतबाट भएका फैसलाविरुद्ध आम जनमानसमा भ्रम पर्ने गरी नेपालको न्यया व्यवस्था, न्यायपालिका र न्यायाधीशहरुका विरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति उल्लेख गरेको’ भनिएको छ ।
Source :onlinekhabar
भिडियो हेर्नुहोस।

No comments:
Post a Comment