छोरा जयबिरलाई राजनीतिमा सक्रिय बनाउदै, देउबा दम्पति
काठमाडौं,५ फागुन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् नेतृ डा. आरजु राणा देउवा दम्पत्तिले अब छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीबाट राजिनामा दिएर बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ पुगेको केही बेरपछि देउवा दम्पत्तिवीच छोरा जयवीरलाई राजनीतिमा ल्याउने वा नल्याउने भन्नेबारेमा एकछिन छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ ।
सुरुमा आरजु छोरा राजनीतिमा आउन हुन्न भन्ने पक्षमा थिईन् । तर, पति देउवाले उनको कुरै सुनेन् । बरु उनले आउने महाधिवेशनबाटै जयवीरले सक्रिय राजनीति गर्नुपर्छ भनेर कड्किए । त्यसपछि आरजु पनि सहमत भएको खुलासा भएको छ ।
यता देउवाका छोरा अहिले २३ वर्षका भए । उनी बेलायतको यूनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन्। जयवीरले बुवाको विरासत धान्न सक्लान् त ? यो भने अब बहसको विषय बनेको छ ।
जयवीर पनि राजनीतिशास्त्रकै विद्यार्थी भएकोले उनले सक्रिय राजनीति गर्छन् भन्ने पूर्वानुमान पहिल्यैदेखि नै थियो । तर, अहिले आएर देउवाले छोरालाई सक्रिय राजनीतिमा होम्याउनेगरि यस्तो निर्णय गरे।
तस्विर : डा. आरजु राणाको फेसबुकबाट

No comments:
Post a Comment