(सबैलाई बहुतै चासो छ, वास्तवमा खस जाति भनेका को हुन् ? उनीहरुलाई किन खस भनिएको हो ? यो जातिको प्राचीन इतिहास कस्तो छ ? उनीहरुको जातीय पहिचान कुन रुपमा स्थापित हुँदै आएको छ ? राष्ट्र निर्माणमा उनीहरुको लगानी कति छ ? यस प्रक्रियामा भएका कमी कमजोरीहरु के के हुन् भन्ने प्रश्नहरु महत्वपूर्ण छन् ।
यसै पृष्ठभूमिमा डा विपिन अधिकारीले तयार पारेको ‘नेपालका खस जाति’ वारेको पुस्तिका रोचक, पठनीय र ज्ञानवद्र्धक छ । यसै पुस्तिकामा प्रकाशित सामाग्री आमपाठकलाई जानकारी दिने उद्धेश्यले लेखकको स्वीकृतिमा ५ भागमा विभाजन गर्दै सदृश्य डटकमले प्रस्तुत गरिरहेको छ ।–संपादक ) यहा जानुहोस।
खस जातिको सामान्य परिचय
नेपालमा खस जाति भन्नाले मूलत छेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्यासी, बादी, दमाइ, गाइने, घर्ती इत्यादि जातका समुदायलाई बुझिन्छ । जाति ब्यबस्थाको प्रभाब धेरै नपरेका खसहरुले आफुलाई ‘पावई’ खस पनि भन्ने गर्दछन । अन्यले उनीहरुलाई खस क्षेत्री भन्ने गरेका छन् । आज पनि ‘पावई’ खसहरुमा जनजाति सस्कृति नेपालका बहुसंख्यक जनजातिहरु भन्दा बढी नै ब्याप्त छ । नेपालका अधिकांश खसहरु कम्तिमा दसौ शताब्दीसम्म पनि जनजाति प्रबृतिका थिए । त्यस्ता प्रवृतिगत विशेषताहरु आज पनि उनीहरुमा देख्न सकिन्छ । तर समग्रमा खस जाति आधुनिक नेपालमा पहाडी हिन्दू सभ्यताको प्रतीक भइसकेको छ ।
खस शब्दको उत्पति
‘खस’ शब्दको उत्पति कसरी भयो भन्ने बिषयमा कुनै ठोस प्रामाणिक ब्याख्या उपलब्ध छैन । यसबारे विभिन्न अनुमान मात्र गर्न सकिन्छ ।
आधुनिक नेपाल, यसको पश्चिमोत्तर क्षेत्र वा बृहत् हिमवत खण्ड बाहिर ‘खस’ शब्द प्रचलनमा रहेको देखिँदैन । ‘खस’ शब्द हिमवत् खण्डमा बोलिने नेपाली तथा हिन्दूकुश क्षेत्रका अन्य पहाडी भाषाको ब्युत्पत्ति नै हो । यी सबै पहाडी भाषाहरुमा खस शब्द आज पनि प्रचलित छ । खसहरुको बैदिक नाम ‘करस्कर’ हो भन्ने मानिन्छ । बेदभंन्दा पछि लेखिएका सस्कृत साहित्यमा ‘करस्कर’ र ‘खस’ दुवै शब्दको प्रयोग भएकाले यी शब्दहरु पर्यायवाची हुन् कि भन्ने तर्फ पनि सोच्न सकिन्छ । ‘खस’ भन्ने शब्द पछि मात्र प्रयोगमा आएको देखिँदा बैदिक पुस्तकहरुमा लेखिएको ‘कस्स्कर’ भन्ने शब्द नै अपभ्रंश हुँदै ‘खस’ शब्द बनेको हुन सक्ने धेरैको धारणा छ । कतिपय ठाउँमा खसलाई ‘खसिया’ समेत भनिएको पाइन्छ । खसहरु बसोबास गरेका क्षेत्रहरु जस्तो कश्कर, काशगर,र खस शब्दहरु एकै अर्थमा प्रयोग भएका छन्।
मध्य–एसियाको ‘ककेसस’ वा ‘ककस’ भने पर्वतीय क्षेत्र खस जतिको उद्गम स्थल मानिन्छ । त्यहाँबाट ऐतिहासिक कालमा पश्क्षिम चीन तथा भोटेली सिमावर्ती क्षेत्र हुँदै खसहरु हिमवत् खण्ड तथा नेपाल प्रवेश गरी यस क्षेत्रमा बसोबास गर्दै आएका छन् । उक्त समयमा पश्चिम एसियाको बेबिलोनियामा खसहरुलाई ‘कस’ भनिन्थ्यो । यसै क्षेत्रको कश्यप सागर अंग्रेजीमा क्यास्पियन सि पनि कस जाति संगै संबन्धित छ । उनीहरुले बेबिलोनीयामा लगभग साढे पाँच शताब्दीसम्म शासन गरेको पाइन्छ । खससँग सम्बन्धित यही ‘ककेसस’, ‘ककस’ वा कस शब्द अपभ्रंश हुँदै जाँदा ‘खस’ भन्ने शब्द बन्न गएको धेरै विद्वानहरुको विश्लेषण देखिन्छ । यस बाहेक ‘खस’ शब्दको अर्को ब्याख्या पाइएको छैन ।
खसहरुलाई राईहरुले ‘खासा’ वा ‘लिच्चु’ वा ‘बाज्यु’ पनि भनेको पाइन्छ । लिम्बुहरुले ‘पेन’ वा ‘पेनेवा’ भन्दछन् । कोदो खाने भएकाले त्यस्तो भनिएको हो कि ! निम्न हिमाली क्षेत्रमा रहने भएकाले तामाङहरुले खसहरुलाई ‘ज्यार्दी’ वा ‘रोङ्बा’ भनेको पाइन्छ । केदार, कत्युर, गोनार, कोदारी, कार्तिक, कोतार आदि खस शब्दका पर्याय मानिन्छन् ।
अधिकांश पौराणिक तथा ऐतिहासिक स्रोतहरुमा ‘खस’ शब्दको ‘स’ मा तालव्य ‘श’ को प्रयोग भएको देखिन्छ । तालव्य ‘श’ संस्कृत उच्चारण हो । बोलीचालीको नेपाली उच्चारण ‘खस’ नै हो । कतिपयले कर्म वा आर्थिक हैसियतबाट झरेको हुनाले खस भएको भन्ने गलत अर्थ लगाइदिएका कारणले धेरैजसो खसहरुले आफूलाई छुट्टाछुट्टै जातका आधारमा चिनाउन थालेका हुन् । तर जातीय रुपमा सबै खसहरु– छेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्यासी, बादी, दमाइ, गाइने, घर्ती इत्यादि – एउटै हुन् । उनीहरुको इतिहास, धर्म, संकृति तथा बसोबास क्षेत्र पनि एउटै छ । त्यसैले खसहरुलाई सामूहिक पहिचानका दृष्टिले खस भनेर नै चिनिन्छ।
#खसहरुलाइ भारतीय सरनार्थी प्रमाणित गर्न चुनौती..
छेत्री, ठकुरी, बाहुन, अनि दलित हरु भारत बाट मुसलमान आक्रमण बाट बाच्नको लागि सरन लिन नेपाल आएका राजारजौटा, तिनका गुरु, सेना अनि सुसारे आप्रबासी हुन् भन्दै भ्रम छर्ने महामुर्ख हरु यो संसारमा कोहि हुन सक्दैन !!! हो, मुसलमानको आक्रमण बाट बाच्नको लागि १४ औ सताब्दिमा जयस्थिति मल्लको पालाभंदा केहि अघि हरिसिंह देब को राज्य धोस्त भयपछी राजा पहाडी जिल्लमा भागेपछि थोरै संख्यामा भारतीय राजपुत हरु आफ्ना गुरुहरु, सेनाहरु अनि सुसारे हरु समेत नेपालमा सरन लिन आएका साचो हो भन्छन विद्वान हरु !! इतिहासको वास्तविकता यत्ति हो !! तर तिनीहरु मुख्यत काठमाडौँ उपत्यकामा सरन लिएका थिए र कालान्तरमा नेवार समुदायमा बिलिन भए !!! नेवार हरुको थर हरुबाट पनि यो कुराको पुस्टि हुन्छ !! अहिले पनि तिरहुतिया नेवार बाहुन हरु छन !! उपत्यकाका मल्ल राजा हरु पनि १२ औ सताब्दी मा भारतको गोरखपुर बाट आएका हुन् | उपत्यकाका मल्ल राजा हरुले मैथिली भाषा को व्यापक प्रयोग गरेको पाइन्छ इतिहासमा, भक्तपुर तिरको मन्दिरमा अझैपनि नेवारहरुले मैथिली भजन गएको सुन्न पाइन्छ |
जातीय उग्रबादिहरुले हल्ला फैलायजस्तो (((भारतबाट आएर बैदिक आर्यन हरुले पछी राज्य जितेर आफ्नो भाषा, संस्कृति लादेको रे )) तेती ठुलो आप्रवासन (mass migration) पहाडी इलाकामा भएको थियो भनेर संसारको कुनै पनि इतिहासमा लेखिएको छैन, कसैले पुस्टि गर्न सक्दैन !! प्रकृतिको नियम नै के हुन्छ भने जित्नेको कुरा माथि पर्छ !! यथार्थ केहो भने, नेपाल (त्यो बेलाको गोर्खा ) मा गाभिएका करिब ५२ जति राज्य हरुमध्ये ४४-४६ राज्य हरु खस-ठकुरी हरु बाट साशित राज्य हुन् | होइन जस्तो लागे नेपाली इतिहास पढे हुन्छ |
यदि खस हरु भारत बाट भागेर आएको हो भने कुन ठाउँ बाट आएको हुन् त ? भन्न सक्नु पर्यो| भारतबर्ष मा मुसलमान (घज्नी) को पहिलो आक्रमण ८ औ सताब्दीमा भएको हो, त्यो आक्रमण अहिलेको अफगानिस्तान र पाकिस्तान को भू-भाग मा मात्र थियो| मुसलमान हरु द्वारा समग्र भारत मा आक्रमण गरिएको १२ औ देखि १४ औ सताब्दी मा हो | यदि खस हरु मुसलमानको त्रास ले १४ औ सताब्दी मा भारत बाट भागेर आएको भए दैलेख जिल्लामा अवस्थित खस राजा दामुपाल को बि. स. १०३८ को नेपाली भाषा को पहिले सिलालेख कसरि आयो?
यो ऐतिहासिक तथ्य अहिले पनि देख्न सकिन्छ | आफुलाई आदिबासी ठान्ने हरुलाई carbon-14 dating गरेर झुटो साबित गर्न चुनौती | अर्को कुरा, १४ औ सताब्दी मा लगभग पूर्णरुपमा मुसलमान ले जितिसकेको भारत बाट अरु हिन्दु हरु किन भागेर आएनन? खस मात्र कसरि आए? १० औ सताब्दी देखिको हाम्रो लिखित इतिहास छ पश्चिम नेपाल मा | आफुलाई आदिबासी घोसित गर्ने हरु संग यत्तिको पुरानो लिखित इतिहास छ भने देखाउन चुनौति छ | हो, भारत संग हाम्रो "nexus" छ, वर्तमान भारतको हिमान्चल र उत्तराखण्ड संग, यी दुवै छेत्र सहित पश्चिम नेपाल ग्रेटर खस साम्राज्य का भू-भाग हुन् | यी दुवै छेत्र सन् १९४७ देखि मात्र भारत भएका हुन् | चाखलाग्दो कुरो, पुरै भारत बर्ष मुसलमान को अधिन हुँदापनि यी छेत्रहरु मुसलमान को प्रतक्ष्य अधिन मा थिएन |
किन हामि खसहरुको भाषा, संस्कृति, परमपरा भारतीय अनि मदेसी आर्य भन्दा धेरै फरक भएको होला ?
कुलदेउताको पुजा गर्ने, मस्टो पुजा गर्ने, बायु अनि नाग पुजा गर्ने, खाडो जगाउने, दशैं मा रातो अक्छेताको टिका लागाउने, जमरा उमार्ने, परसरेको बार्ने, छोरीलाई ढोग्ने, भान्जालाई आदर गर्ने जस्ता बैदिक आर्यन हरुले गर्दै नगर्ने चलन खस हरुले कहाँ बाट सिके त ???
किन खसआर्य हरुमा बैदिक आर्य जस्तै ४ बर्ण नभई बैस्य बाहेक का ३ बर्ण मात्र मुख्य रुपमा भएको त ? जबकी खसआर्य भन्दा बढी हिन्दु धर्मबाट प्रभावित भनिने नेवार जाति र मदेसी र भारतीय बैदिक आर्यन हरुमा ४ बर्ण नै छ ?? यो कुरा नेपाल मा मात्र हैन कुमाउ गद्वालका खस जातिमा पनि लागु हुन्छ !! तेहा पनि हाम्रो जस्तै खस ब्राह्मण, खस छेत्रीय अनि खस दलित मात्र छन् !!! किन तेस्तो भयो त ?? भाषा मात्र हैन संस्कृति पनि कसरि फरक भयो त भारतीय हिन्दु हरु भन्दा ?? कसले भन्न सक्छ ??
९० % छेत्री-ठकुरी बाहुनहरुको थर हरु भारतीय अनि मदेसी हरु संग नमिली कर्णाली अन्चलका विभिन्न ठाउ को नाम बाट कसरि रहन गयो त ? हो थोरै संख्यामा केहि बैदिक आर्य (कन्नौज बाहुन, राजपुत आदि) हरुपनि हाम्रो खसजातिमा हजार वर्ष पहिले मिसिएका छन् भन्छन विद्वानहरु !! तेसै गरि जनाई लगायिदियेर छेत्री बनाइएका केहि मंगोलियनहरु पनि छन् !!! तर तिनीहरु हाम्रो खसआर्य समाजका अभिन्न अंग भैसके !!! हजारौ बर्सको घुलमिल र रक्तामिस्रण पछी अब अहिले आएर कसैले चाहे पनि तिनीहरु को हुन् छुट्याउन सक्दैन , कसैले पुस्टि गर्न सक्दैन !!!
"अन्त्यमा, यो भुमि सबैको हो, मिलेर बसौं, जातीय दन्दमा न फ़सौ।"
Sources -Dinesh Chhetri and KhasUnity team

No comments:
Post a Comment