माघ.२०७४
कामदारको धेरै माग रहेको खाडीका देशमा चाहिने सीप सित्तैमा सिक्न पनि पाइने भएको छ। नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको सहयोगमा हेल्भेटास नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेकालाई निःशुल्क तालिम दिन लागेको हो।
पुरुष कामदारले मेसन(डकर्मी) र सटरिङ कार्पेन्टर(फर्मा लगाउने)सीप सित्तैमा सिक्न पाउनेछन्। त्यसैगरी महिलाले गार्मेन्ट मेसिन अपरेटरको सीप सिक्न पाउनेछन्।
कहिलेदेखि तालिम सञ्चालन हुन्छ

कसले तालिम लिन पाउँछन् ?
मेसन र सटरिङ कार्पेन्टर तालिम लिन १९ देखि ३५ वर्षभित्रको उमेर हुनुपर्ने,पासपोर्ट भएको र स्वास्थ्य परीक्षणमा ‘फिट’ भएको हुनुपर्छ। मेसनका लागि कक्षा ५ भन्दा माथि र सटरिङ कार्पेन्टरका लागि कक्षा ८ पास गरेको हुनुपर्छ।
तालिमको अन्त्यमा सीप परीक्षण(Skill Test) पनि गरिनेछ। सीप परीक्षणमा सफल हुनेलाई खाडीका देशमा मान्यताप्राप्त प्रतिष्ठित तालिम दिने संस्थाले प्रमाणपत्र समेत दिनेछ।
त्यस्तै,जोर्डनका गार्मेन्ट कम्पनीहरुमा रोजगारीका अवसरलाई लक्षित गरी महिलाका लागि मात्र गार्मेन्ट तालिम सञ्चालन हुँदैछ। १९ देखि ३० वर्षभित्रका,कक्षा ५ भन्दा माथि पढेका,पासपोर्ट बनाएका र स्वास्थ्य परीक्षणमा‘फिट’भएका महिलाले गार्मेन्ट सम्बन्धी तालिम लिन सक्नेछन्। तालिम सकिएपछि एक रुपैयाँ पनि लगानी नगरी जोर्डनमा रोजगारीका लागि जान पाइनेछ।
सबै तालिम एक महिना(३० दिन)को हुनेछ। तालिममा सहभागी हुन कसैलाई कुनै पनि शीर्षकमा शुल्क तिर्नुपर्दैन।
तालिम पूरा भएपछि इच्छुक व्यक्तिलाई रोजगारीका लागि विदेश जान तालिम केन्द्रले समेत आवश्यक सहयोग गर्नेछ। तालिममा सहभागी हुन इच्छुकले मोवाइल नम्बर ९८४१३६७९६९, ९८४०२४८०३४ वा ९८४०२५५२८० मा फोन गरेर थप जानकारी लिन सकिन्छ।
वैदेशिक रोजगारीलाई सुरक्षित,व्यवस्थित,मर्यादित तथा कामदारका लागि लाभदायक बनाउने नेपाल सरकारको पहलमा हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल र उज्यालोको सहकार्य।
Source :Qnkhabar




No comments:
Post a Comment