कपाल झर्ने समस्या छ.? यदि तेस्तो हो भने यसरि समाधान गर्न सकिन्छ। - merodesh
Loading...
Loading...

Wednesday, February 7, 2018

कपाल झर्ने समस्या छ.? यदि तेस्तो हो भने यसरि समाधान गर्न सकिन्छ।

                        "कपाल  झर्ने समस्या छ.? यदि तेस्तो हो भने यसरि समाधान गर्न सकिन्छ।"

काठमाडौं,माघ 
                   हल्काफुल्का कपाल झर्नु ठूलो समस्या होइन । आयु पूरा भएका कपाल झर्नु र नया पलाउनु प्राकृतिक प्रक्रिया नै हो । तर, हातले कपाल समातेर तान्दा औालाका बीच भागमा गुजुल्टै आउनु, राति सुतेर भोलिपल्ट बिहान हेर्दा शिरानीभर कपाल झर्नु सामान्य प्रक्रिया होइन । यसको बेलैमा उपचार गर्नु जरुरि हुन्छ जसलाई यहाँ बताइएको छ –

१. कपाल अस्वाभाविक रूपमा झरिरहेको छ भने हेलचेक्रयाइँ गर्नु हुँदैन । कपाल झरेर सकिने भयो भन्ने चिन्ता छ र कपाल जोगाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले लामो कपाललाई छोटो बनाइहाल्नुहोस् । लामो कपाल धेरै झर्ने सम्भावना हुन्छ । लामो कपालको ‘वेट’ धेरै हुने भएकाले छिटो झर्न सक्छ । कपाल छोटो बनाएपछि केही हदसम्म झर्न कम हुन्छ ।

२. कपाल झर्ने विभिन्न कारण हुन सक्छन् । शरीरमा लागेको रोग, खानपिनलगायतले कपालमा असर गरेको हो भने नयाँ उपचार प्रक्रियामा जानुपर्छ । यसका लागि सबैभन्दा पहिले त कपाल झर्नुको कारण पत्ता लगाउनु जरुरी हुन्छ । अन्य रोगका कारण कपालमा असर परेको हो भने पहिले रोगकै उपचार गर्नुपर्छ ।

३. शुद्ध तोरीको तेलमा नरिवलको तेल मिलाएर मन तातो बनाउने र नुहाउने अघिल्लो रात पुरै जरा जरा सम्म औंलाको सहयेताले मसाज गर्ने गरेमा धेरै हद सम्म कपाल झर्ने समस्याबाट बच्न सकिन्छ ।

Source: News24

No comments:

Loading...
loading...