काठमाडौं,फागुन-१४
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी डा. युवराज खतिवडा लाइ दिइएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएका खतिवडाको सांसद पदको शपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाएको छ ।
संविधान अनुसार संसद नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था भएकाले ओलीले उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो ।खतिवडाले ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नुपर्नेछ।
डाक्टर युवराज खतिवडा नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर हुनुहुन्छ । उहाँले युएनडिपी रिजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसक्नुभएको छ । खतिवडा २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत हुनुहुन्थ्यो ।
खतिवडाले दिल्ली विश्व विद्यालयबाट मौद्रिक अर्थतन्त्रमा पीएचडी गर्नुभएको छ । उहाँले अर्थ राजनीतिसँग सम्बन्धित विभिन्न पुस्तकसमेत लेख्नुभएकाे छ । राष्ट्र बैंककाे गभर्नर भएका बेला अार्थिक सुधारसम्बन्धी विभिन्न कार्यक्रम ल्याउनुभएका खतिवडा अर्थमन्त्री भएकाले नेपालकाे अार्थिक विकासमा सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ । खतिवडालाई अर्थमन्त्री बनाउन प्रधानमन्त्री केपी शर्मा अाेली अाफैले विशेष भूमिका खेलेकाे बताइन्छ ।
उहाँले २०५० सालमा महेन्द्र विद्या भुषण तथा २०५७ सालमा सुप्रबल गोर्खा दक्षिण बाहु प्राप्त गर्नुभएको थियो ।
डा. युबराज खतिवडा को हुन् ??
२०१९ सालमा जन्मिएका खतिवडाले वि.सं. २०४१ सालमा राष्ट्र बैंकबाट आर्थिक क्षेत्रको यात्रा तय गरेका थिए । हठी स्वभावका खतिवडालाई अडान लिन सक्ने प्रशासकका रुपमा हेर्ने गरिन्छ । उनको यो स्वभाव विरोधीहरुका लागि आलोचना गर्ने बहाना पनि बन्यो ।
उनी नेपाल राष्ट्र बैंकको पन्ध्रौं गभर्नर हुन् । उनले यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीका रुपमा पनि काम गरिसकेका छन् । खतिवडा वि.सं.२०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत भइसकेका छन् ।
यसअघि उनी नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख भइसकेका थिए । २०३८ मा त्रिभुवन विश्वविद्यालयमा एक स्नातकोत्तर शिक्षक र २०४७ देखि २०४८ सम्म त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा पनि खतिवडाले काम गरिसकेका छन् ।
डा. खतिवडाले २०३८ र २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा स्नातकोत्तर गरेका थिए । वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका खतिवडाले धेरै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रशिक्षण र विकास सम्बन्धित मुद्दा तथा कार्यक्रमका सेमिनारमा भाग लिएका छन्।
Source: annapurnapost

No comments:
Post a Comment