बैदेसिक रोजगार विभागले युरोपका विभिन्न साइप्रस लगायत देशमा श्रम स्वीकृतिमा रोक लगाएको छ।
काठमाडौँ, फागुन-१४
वैदेशिक रोजगार विभागले साइप्रससहित युरोपका मुलुकमा जाने घरेलु कामदारको श्रम स्वीकृतिमा आइतबारदेखि रोक लगाएको छ । घरेलु कामदार निर्देशिका सबैतिर आकर्षित हुने भन्दै विभागले युरोप जाने घरेलु कामदारलाई पनि श्रम स्वीकृति दिन रोक लगाएको हो ।
घरेलु कामदारको निर्देशिकामा दुई देशबीच श्रम सम्झौता नभएसम्म श्रम स्वीकृति नदिने उल्लेख छ ।
घरेलु कामदार निर्देशकालाई चौथो पटक संशोधन गरेपछि खाडी र मलेसियासहित ४२ देशमा घरेलु कामदार पठाउन सरकारले एक बर्षअघिबाटै रोक लगाएको थियो । तर, साइप्रस सहित युरोपमा पर्ने देशहरुमा पनि श्रमस्वीकृति दिइरहेको थियो ।
निर्देशिका जारी भएपछि बिदामा फर्केका घरेलु कामदार समेत पुन: सोही ठाँउमा काम गर्न रोक लगाइएको छ ।
‘घरेलु कामदारको बिषयमा विवाद नै छैन । जुन देशमा श्रम सम्झौता छ । त्यो देशमा मात्रै श्रमस्वीकृति प्रदान गर्ने हो,’ वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक भुवन आचार्यले कान्तिपुरलाई भने,‘श्रम सम्झौता नभएपछि स्वीकृति दिन मुनासिब हुँदैन ।’
साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासले बिना श्रम सम्झौता म्यानपावरले घरेलु महिला कामदार पठाइरहेको भन्दै श्रम मन्त्रालयको ध्यानकर्षण जनाउँदै आएको थियो । दूतावासले साइप्रसमा पनि घरेलु कामदार निर्देशिका कार्यान्वयन हुनुपर्ने भन्दै श्रम मन्त्रालयको भुमिकाप्रति प्रश्न उठाएको थियो ।
पछिल्लो समयमा युरोप मुलुक भन्दै घरेलु कामदारको लागि साइप्रस जाने शिक्षित युवतीहरु आकर्षित हुदै आएका थिए । उनीहरुले म्यानपावरलाई तीन लाख रुपैयाँसम्म बुझाएर साइप्रस गइरहेका छन् । त्यहाँ पुग्ने घरेलु कामदारमाथि पनि शोषण हुने गरेको नेपाली दूतावासले जनाएको छ ।
आर्थिक बर्ष २०७३/७४ मा महिलाको लागि प्रमुख गन्तब्यको रुपमा साइप्रस बनेको थियो । त्यस आर्थिक बर्षमा ११ सय ६४ महिला साइप्रस गएका थिए । हाल श्रम स्वीकृति लिएर मासिक झन्डै एक सय महिलाहरु साइप्रस गइरहेका छन्।
वैदेशिक रोजगार व्यवसायी संघले साइप्रस लगायत युरोपका देशहरुमा घरेलु कामदार निर्देशिका लागु नहुने दावी गरेको छ । ‘सरकारले घरेलु कामदार निर्देशिका लागु गर्ने भनिएको ४२ देशभित्र युरोपका देशहरु पर्दैनन्,’ संघका अध्यक्ष रोहण गुरुङले भने,‘पुर्व स्वीकृति अनुसार अन्तर्वार्तामा उत्तीर्ण भइसकेकाहरु बाहिर जान रोकिए।’
स्रोत :- कान्तिपुरडेली
Loading...
Monday, February 26, 2018
Home
National news
NEWS
SOCIAL
बैदेसिक रोजगार विभागले युरोपका विभिन्न,साइप्रस लगायत देशमा श्रम स्वीकृतिमा रोक लगाएको छ।
बैदेसिक रोजगार विभागले युरोपका विभिन्न,साइप्रस लगायत देशमा श्रम स्वीकृतिमा रोक लगाएको छ।
Tags
# National news
# NEWS
# SOCIAL
Share This
About Merodesh
SOCIAL
Labels:
National news,
NEWS,
SOCIAL
Subscribe to:
Post Comments (Atom)
Loading...
loading...
loading...

No comments:
Post a Comment