प्रदेश न. १ बाट एमाले संसदीय दलको नेतामा शेरधन राइ बने सगै "राइ "मुख्य मन्त्रि बन्ने पक्का पक्कि।
२६ माघ,
मोरंग
प्रदेश १ को एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि एमालेले दलको नेता चुन्न आन्तरिक चुनाव गराएको थियो ।
संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए ।
मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरेलाई भने नेपाल समूहले अन्तिम चरणमा ब्याक गराएका थिए । तर, पार्टी सचिव एवं प्रदेश संयोजक आचार्यलाई दुई मतान्तरले गर्दै राई संसदीय दलको नेता निर्वाचित भएका छन् ।
प्रदेश १ को उपसंयोजक समेत रहेका राईले २६ मत पाएका छन् भने आचार्यले २४ मत पाए । त्यसमा एक मत भने बदर भएको छ ।
प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत अर्थात ५१ सांसद छन् । माओवादीको १६ सांसद छ र वाम भागवण्डामा प्रदेश १ को मुख्यमन्त्री एमालेकै भागमा परेको छ।
नवनिर्वाचित संसदीय दलको नेता शेरधन राई चुनियासकेपछि पत्रकारहरु सग कुरा गर्दै, अब चाडैनै प्रदेश सरकारको गठन प्रक्रिया सुरु गर्ने बतायका छन्।
राईले भने, ‘अब मुख्यमन्त्री नियुक्त हुने पक्कापक्की भइसक्यो । अब छिट्टै प्रदेश सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ ।’
फागुन २ भित्र प्रदेश सरकार बन्ने भन्दै उनले प्रदेशलाई भ्रष्टाचारमुक्त सम्बृद्ध बनाउने बताए ।
उनले दलभित्र भएको चुनावलाई लिएर कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए । राईले भने, मैले कुनै भेदभावको दृष्टिले हेर्नेछैन । सबै माननीय सदस्यहरुलाई समान दृष्टिले हेर्ने र जिम्मेवारी प्रदान गर्नुपर्छ र म गर्छु पनि ।’
Source:- onlinekhabar

No comments:
Post a Comment