महाशिवरात्रिको महामहिमा र यसको बिशेष महत्व (पुरा पढनुहोस। )
"मंगलबार पशुपतीनाथमा विशेष घुईँचो रहन्छ, आज पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रुपमा व्याख्या गर्न सकिन्छ। अझ नेपाल त झन इतिहासले पनि आफ्नो दस्तावेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शितल छायाँ परेको भूमी अनि हिन्दुहरुको आस्थाको भूमी।"
काठमाडाैं, १ फाल्गुण
चन्द्रमासको चौधौ दिन अर्थात नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ, यसअर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरेक वर्षको फागुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रीको अध्यात्मिक अनि सांस्कृतिक महत्व अतुलनीय छ।
मंगलबार पशुपतीनाथमा विशेष घुईँचो रहन्छ, आज पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रुपमा व्याख्या गर्न सकिन्छ। अझ नेपाल त झन इतिहासले पनि आफ्नो दस्तावेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्तावेजमा उल्लेख गरिएको श्लेषमान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शितल छायाँ परेको भूमी अनि हिन्दुहरुको आस्थाको भूमी।
विज्ञानले धेरै अध्यनपछी संसारका हरेक कुराहरु अनि जीवहरु ब्रह्माण्डका तत्वरुपी शक्तिबाट बन्ने र तिनैमा विलिन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरुपहरुमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वकारुपमा व्याख्या गरिन्छ। यिनै तत्वहरुबाट हामी सबै निर्मित छौं, ब्रहमाण्डका यि सम्पूर्ण स्वरुपको एउटै श्रोत भगवान शिव हामी सामु अनेक स्वरुपमा छन्।
पौराणिक ग्रन्थहरूमा पशुपतिनाथको ठूलो महिमा बताइएको छ। वेदमा समेत पशुपतिनाथको स्तुति गरिएको पाइन्छ – नमोः शङ्गवे च पशुपतये च नम… पशुपतिनाथका पाँच वक्त्र (मुख) क्रमशः तत्पुरुष, वामदेव, अघोर, सद्योजात र ईशान हुन्। उनको पूजा पञ्चामृत स्नान, शुद्ध जलले स्नान गरी चन्दन पुष्पाक्षता र बिल्वपत्रले गरिन्छ।
भगवान् पशुपतिको विशेष स्नान अथवा अभिषेक वेदका मन्त्रयुक्त रुद्रीपाठद्वारा गर्ने परम्परा छ। पुराणमा ज्योतिर्लिङ्गको ठूलो महिमा बताइएको छ। हिन्दूहरूका आराध्यदेव शिवका प्रख्यात मुख्य तीर्थस्थल द्वादश (१२) ज्योतिर्लिंग सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर, वैद्यनाथ, ओंकारेश्वर, भीमशंकर, नागेश्वर, विश्वनाथ, त्र्यम्वकेश्वर केदारनाथ रामेश्वर र घुमेश्वर) भारतमा पर्दछन्।
ती ज्योतिर्लिङ्गको दर्शनपछि नेपालको काठमाडौंमा अवस्थित पशुपतिनाथको दर्शन नगरी तीर्थयात्र पूर्ण हुँदैन भन्ने मान्यता छ। त्यसैले भारतका हिन्दू धर्माबलम्बीहरू त्यहाँका ज्योतिर्लिङ्गहरूको दर्शन सकेपछि पशुपतिनाथको दर्शन गर्न नेपाल आउँछन्।
यस रात वैज्ञानिक रुपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ। शायद यसै कारणले होला यस दिन प्रकृतिलेनै मानिसलाई अध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ।
यसै अध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्री मनाईने सांस्कृतिक चलनलाई वैज्ञानिक रुपमा व्याख्या गरिएको पाईन्छ।
शैव दर्शन शिवलार्इ संहारकर्ताकाे रुपमा स्वीकार गरेपनि त्यसकाे कारक तत्त्व सृष्टि मानेकाले प्रकृति र पुरूषकाे संगम शिवलिङ्ग शैव सम्प्रदायका अनुदायीहरूले मात्र पूजा गर्ने देवजस्ताे लाग्छ। तर शिवलिङ्गकाे माथिल्लाे भाग रूद्र, बिचकाे विष्णु र सबैभन्दा तल्लाे ब्रह्म भाग हाे।
झट्ट हेर्दा शिवलिङ्ग शैव सम्प्रदायका अनुयायीहरुले मात्र पूजा गर्दा देवासहित त्रिदेवकाे पूजा गरिने भएकाले पनि शिवलिङ्गकाे माथिल्लाे भाग रुद्र, बिचकाे विष्णु र सबैभन्दा तल्लाे ब्रम्ह भाग हाे। जलहरी स्त्रीकाे प्रतिक हाे। मुखरहित सादा वा पञ्चमुखी शिवलिङ्ग पूजा गर्दा देवीसहित त्रिदेवकाे पूजा गरिने भएकाले पनि शिवलिङ्ग स्थापना र पूजा व्यापक भएकाे हाे।
Source :- suvadin

No comments:
Post a Comment