अढाइ दसक पछि उदयपुर सिमेन्ट उधोगको उत्पादन बृद्दी भै दोब्बर उत्पादन हुन थाल्यो । - merodesh
Loading...
Loading...

Monday, March 12, 2018

अढाइ दसक पछि उदयपुर सिमेन्ट उधोगको उत्पादन बृद्दी भै दोब्बर उत्पादन हुन थाल्यो ।

        अढाइ दसक पछि उदयपुर सिमेन्ट उधोगको उत्पादन बृद्दी भै दोब्बर उत्पादन हुन थाल्यो । 
Add caption
उदयपुर, फागुन
               नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले २५ वर्षपछि उत्पादन क्षमता दोब्बर बनाउन लागेको छ ।

स्थापना भएको अढाइ दशकपछि उद्योगले दैनिक उत्पादन क्षमता ८ सय मेटि्रक टनबाट एक हजार ८ सय मेटि्रक टन पुर्‍याउन लागेको हो । पछिल्लो एक वर्षयता तुलनात्मक रुपमा बढी उत्पादन र मुनाफा दिन थालेसँगै उद्योगले क्षमता विस्तारको योजना ल्याएको हो ।

उत्पादन क्षमता विस्तारका लागि सरकारसँग दुई अर्व १२ करोड रुपैयाँ ऋण सहयोग माग गरिएको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए ।

‘आगामी ४ वर्षभित्र सरकारको ऋण तिर्नर्े कार्ययोजनासहित क्षमता दोब्बर बनाउन ऋण मागेका छौ ।’ महाप्रबन्धक पौडेलले भने । विज्ञको टोलीसँग परामर्श गरी सरकारसँग ऋण सहयोगमा माग गरिएको उनले बताए ।
‘यो सरकारी उद्योगले पछिल्लो समयमा आशा जगाएको छ त्यसकारण पनि क्षमता दोब्बर बढाउन आवश्यक छ ।’ उद्योगका लेखा शाखा प्रमुख कमल पौडेलले भने । ऋण सहयोगका लागि त्यसको ‘प्रपोजल’ पठाइएको उनले बताए ।

हाल भएको मौजुदा प्राविधिक जनशक्ति र प्लान्टलाई नै उपयोग गरेर क्षमता विस्तार गर्न लागिएको उद्योगले जनाएको छ ।

उद्योगमा हुने राजनीतिक नियुक्ति, मजदुर आन्दोलन र कर्मचारीको समस्या न्यूनीकरण हुँदै गएको र यसले पनि उद्योग विकासमा सहजता थपेको सूचना अधिकारी तथा नावय महाप्रबन्धक नवलकिशोर साहले बताए ।

६ करोड ९० लाख मेटि्रक टन चुनढुङ्गाको पहाड नै बाँकी
७ करोड ३० लाख मेटि्रक टन चुनढुगांको खानी भण्डारण रहेको उद्योगले २५ वर्षको अवधिमा ४० लाख मेटि्रक टन मात्र चुनढुङ्गा खपत गर्न सकेको नायव महाप्रबन्धक साहले बताए । उनका अनुसार उद्योगसँग अझै ६ करोड ९० लाख मेटि्रक टन चुनढुङ्गाको ठूलो पहाड बाँकी छ ।

‘अन्य सिमेन्टका चुनढुंगाभन्दा उदयपुरको सिमेन्टको चुनढुंगा राम्रो र धेरै छ,’ साहले भने, ‘त्यसलाई खपत गर्नको लागि पनि उत्पादन क्षमता विस्तार गर्न जरुरी छ ।’

क्षमता विस्तारको योजना सफल हुनासाथ मुलुकको ६५ प्रतिशत सिमेन्टको मागलाई सहजै धान्न सक्ने दावी नायव महाप्रबन्धक साहको छ ।

मुलुककै उत्कृष्ट उद्योगको रुपमा उदयपुर सिमेन्टलाई स्थापित गर्न यस्तो योजना अघि बढाइएको महाप्रवन्धक पौडेलले बताए ।

यसरी आशा जगायो सरकारी उद्योगले
२०४४ सालमा स्थापना भएको उद्योगले २०४९ सालदेखि उत्पादन गर्न सुरु गरेको थियो । जापानको वाइसिएफ -ओभरसिज इलेक्ट्रोनिक कोअपरेशन फन्ट) को १८ अर्ब ७७ करोड जापानी येन ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख ५१ हजार रुपैयाँ लागानीमा गैंडा छापा लोगो भएको उदयपुर उद्योग सिमेन्ट उद्योग स्थापना भएको हो ।

०४९ सालबाट व्यवसायिक उत्पादन सुरु गरेको उद्योग ०५१ माघसम्म जापानी प्राविधिकहरूले मात्र सञ्चालन गरेका थिए । त्यसलगत्तै सरकारले ६ अर्व ५५ करोड ६२ लाख रुपैयाँ ऋण उठाउने सर्तमा व्यवस्थापन पक्षलाई उद्योगको जिम्मा दिएको थियो । लेखा शाखा प्रमुख पौडेलका अनुसार उद्योगले सरकारलाई तिर्ने पैसा अव १ अर्व ७२ करोड रुपैयाँमात्र बाँकी छ ।

जापानी प्राविधिकहरूले शतप्रतिशत उत्पादन गरेको उद्योग नेपाली प्राविधिकको हातमा आएपछि दैनिक ४० देखि ५० प्रतिशतको बीचमा मात्र उत्पादन भएको थियो । पछिल्लो वर्षमा भने उद्योगको उत्पादन क्षमतामा सुधार आएको छ । पछिल्लो समय एक वर्षमा उत्पादन हुने सिमेन्ट उद्योगले ६ महिनामै उत्पादन गर्न थालेको छ ।

खासगरी उर्जा आपूर्ति सहज भएपछि उद्योगले उत्पादनमा फड्को मारेको हो ।

नायब महाप्रबन्धक महेश काफ्लेले गत वर्षदेखि भने उद्योग निरन्तर रुपमा सञ्चालन भइरहेको बताए । त्यसअघि विभिन्न प्राविधिक समस्या, असुविधा लगायतका कारण उद्योग सञ्चालनमा अवरोध हुँदै आएको थियो । पछिल्लो समय धुलो र धुवाँ नियन्त्रण गर्न करिब तीन करोड रुपैयाँ लागतमा प्रदूषण नियन्त्रण यन्त्र इलेक्ट्रो स्टारिक पावर -इएसपी) जडान गरिएको छ । उद्योगलाई वातावरणमैत्री पनि बनाइएको छ ।

पछिल्लो समय कर्मचारी तथा मजदुरमा पनि कडा अनुशासन लगाइएको छ । काम नगर्ने कर्मचारी तथा मजदुरलाई राजीनामा दिन लगाउने देखि र अवकाश दिलाउने सम्मका कारवाही गरिएकाले पछिल्लो समय उद्योगको वातावरण साम्य भएको उद्योगमा कार्यरत् एक कर्मचारीले बताए ।

‘उद्योगलाई काम चाहिएको छ,’ महाप्रबन्धक पौडेलले भने, ‘काम दिन नसक्ने कर्मचारी उद्योगले पाल्नुको अर्थ छैन ।’
उसिउलि 

सोमनाथ पाण्डे उद्योग मन्त्री भएको समयमा उद्योगलाई निजीकरण गर्न खोजिएको थियो । तर, चौतर्फी विरोधपछि उद्योग निजीकरण हुनबाट जोगिएको थियो ।

यस्ता छन् उदयपुर सिमेन्टका विशेषता
उदयपुर सिमेन्टले उत्पादन गरेको गैंडा छाप सिमेन्टको माग अझै पनि उच्च छ । सिमेन्टको उच्च गुणस्तरका कारण माग बढी भएको उद्योगको भनाइ छ ।

‘उदयपुर सिमेन्टको सिधाँलीमा रहेको चुनढुंगामा म्याग्नेसियम अक्साई कम र लाईम बढी छ,’ उद्योगका गुणस्तर प्रमुख कोभित काफ्लेले भने, ‘सिमेन्ट उत्पादन गर्ने चुनढुंगामा म्याग्नेसियम अक्साइ २ देखि ३ प्रतिशत हुनुपर्छ भने लाइम त्यसको दोब्बर भयो भने राम्रो हुन्छ ।’

म्यानेसियय अक्साइड बढी र लाइम कम भएको सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको संरचना भत्कने, टुट्ने -फुट्ने, टुट्ने हुन्छ । उदयपुर सिमेन्टद्वारा उत्पादित गैंडा छापा सिमेन्टमा लाइम बढी र म्याग्नेसियम अक्साइड कम भएकाले निजी क्षेत्रबाट उत्पादित भएका सिमेन्टको बढी गुणस्तर हुने दावी उद्योगको छ । गैंडाछाप सिमेन्टको गुणस्तर नेपाल गुणस्तर विभागले तोकेका मापदण्डभन्दा पनि उच्च रहेको उद्योगको जिकिर छ।

स्रोत : अनलाइन खबर 

No comments:

Loading...
loading...