जापानमा ब्राजिलियन बक्सरलाई ढाल्दै नेपाली बक्सर अविरल घिमिरेले बने बिजेता। - merodesh
Loading...
Loading...

Monday, April 16, 2018

जापानमा ब्राजिलियन बक्सरलाई ढाल्दै नेपाली बक्सर अविरल घिमिरेले बने बिजेता।

जापानमा ब्राजिलियन बक्सरलाई ढाल्दै नेपाली बक्सर अविरल घिमिरेले बने बिजेता। 

टोकियो ,
    नेपाली युवा बक्सर खेलाडी अविरल घिमिरेले जापानी खेलाडी रादालाई पराजित गर्दै होस्ट कप एस-व्याट्लको उपाधि जितेका छन्।

नागोयामा भएको खेलमा १८ वर्षीय बक्सर अविरल घिमिरेले जापानीज प्रोफेसनल किक बक्सर रादालाई पराजित गरेका हुन् ।

तीन राउण्डको तीन चरणको खेलमा अंक बराबरी हुँदा पुनः दुई मिनेटको थप समयमा घिमिरेले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि जित्न सफल भएका हुन् ।

उपाधि जितेका युवा बक्सर अबिरल घिमिरे सपरिवार जापानमा बस्दै आएका छन् । घिमिरेका पिता देव घिमिरे अन्तर्राष्ट्रिय स्तरको के वन बक्सर खेलाडी तथा प्रशिक्षक समेत हुन् ।

सन् २०१६ बाट किक बक्सिगं खेल्न थालेका बिजयी घिमिरेको खेल हेर्न ठूलो संख्यामा जापानी तथा नेपाली समर्थकहरुको उपस्थिति रहेको थियो ।
चन्द्रागिरि नगरपालिका-१२ का १८ वर्षीय अविरल घिमिरे अहिलेसम्म ७ वटा म्याचमा सहभागी भएकोमा सबैमा जित हात पारेका छन् ।


No comments:

Loading...
loading...