अब ट्याक्सी को पनि सिन्डिकेट तोडिने।
काठमाडौं
बसको सिण्डिकेटसँगै ट्याक्सीको पनि तोड्ने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेको हो।
बसको सिण्डिकेट धेरै पहिले नै खारेज गरिसकेको र अहिले कार्यान्वयन मात्र गराएको मन्त्री महासेठले रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बताए ।
मन्त्री महासेठले भने, सर्वोच्च अदालतले १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको थियाे ,हामीले उक्त कार्य कार्यान्वयन गरेका छौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्तर्गत व्यवस्थित गर्छौं।’
सबैजना निर्धक्क भएर सुविधाजनक यात्रा गर्न सरकार अघि बढिरहेको मन्त्री महासेठले स्पष्ट पारेका छन्।
स्रोत : अनलाइन खबर

No comments:
Post a Comment